Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

मन्त्री कार्कीको पहलमा केशलियामा कोरिडोर बन्दै

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको विशेष पहलमा केसलीया कोरिडोर निर्माण हुने भएको छ । आगामी आर्थिक वर्ष(२०७९/८०)को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तर्गत सङ्घीय सरकारले बजेट विनियोजन गरेको हो ।

 


केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुनसरीको दुहवी नगरपालिका, बर्जु गाउँपालिका सीमा क्षेत्र भएर बहने नदी हो ।

 

 

नदीको दुवै किनारमा कोरिडोर निर्माण गरी र बस्ती संरक्षण गर्न बजेट विनियोजन भएको मन्त्रालयका अधिकारीले बताएका छन् । कोरिडोर निर्माण अन्तरगत प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले डीपीआर तयार गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग आग्रह गरिसकेको छ ।

 

 

विराटनगर महानगरले पनि केसलीयामा तटबन्ध निर्माण गरी तटबन्ध गर्ने बताउँदै आएको थियो । बजेट विनियोजनसँगै कोरिडोर निर्माणको काम अघि बढ्ने मन्त्री कार्कीले बताए ।

 

 

’विपद्बाट नागरिकलाई सुरक्षित बनाउनका लागि व्युटिफिकेसन सहितको कोरिडोर निर्माणको काम अघि बढ्दै छ । मन्त्री कार्कीले भने, त्यसको लागि डिपिआरको काम अघि बढेको छ ।’

 

प्रदेश सरकारले पनि यस योजनालाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटेर लाने मन्त्री कार्कीले बताए । कोरिडोर निर्माणपछि नदीले निम्त्याउने विपद्बाट मुक्त हुनका साथै व्युटिफिकेसनले सो ठाउँको पर्यापर्यटनको विकासमा टेवा पुग्नेछ ।

 

 

मन्त्री कार्कीले कोरिडोर निर्माणका लागि भारतको विहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद नेपाल भ्रमणमा रहँदा छलफल गरेका थिए ।

 

 

यस्तै योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, प्रदेश १ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो लगायतसँग पनि अवलोकन सहित कोरिडोर निर्माण गर्नका गहन छलफल भएको थियो ।

 

 

दोश्रो गत फागुन २४ गते आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की र आर्थिक मामिला तथा येजनामन्त्री इन्द्र आङवो केशलियाको अवलोकनमा जहाँ तटबन्ध सहित कोरिडोर निर्माणका विषयमा छलफल भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै