Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।

 

 

मन्त्री कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पु-याउन नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । कम्पनीको १८ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाईबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने काममा ढिलाई नगर्न पनि नेपाल टेलिकमलाई सचेत गराएका छन् । 

 

 

‘फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाईबर विछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पेका अभिभारा निर्धारित समयमै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु । त्यसैगरी नेपाल दूर सञ्चार प्राधिकरणबाट फाईभजीको सेवा परीक्षणका निम्ति स्वीकृति प्राप्त भइसकेको हुँदा त्यसलाई पनि यथाशीघ्र अगाडि बढाउन आग्रह गर्दछु । देशका सबै स्थानीय तहसम्म तीव्र गतिको इन्टरनेट सुविधा पु¥याई देशको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो, छरितो र प्रविधिमैंत्री सेवा पु¥याउनेनै छ’ उनले भने ।

 

 

उनले तीव्र गतिको इन्टरनेट सेवाको विस्तार गरी आफ्ना ग्राहकहरुलाई छिटो, छरितो र सुलभ सेवा उपलब्ध गराउन पनि नेपाल टेलिकम समक्ष हुने बताएका छन् । उनले सरकारले अघि सारेका नीतिनियम र कानुनको अवलम्बन गर्दै नेपाल टेलिकमले देशको आर्थिक, सामाजिक क्षेत्रमा पु-याएको योगदानको प्रशंसा पनि गरेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै