Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सैनिक श्रीमती संघद्वारा वृद्धवृद्धा र गुरुकुलका विद्यार्थीलाई सहयोग

सैनिक श्रीमती संघले विराटनगरको वृद्धाश्रम र गुरुकुललाई खाद्यान सामग्री तथा लत्ता कपडा सहयोग गरेको छ ।    

 

 

सैनिक श्रीमती संघले फागुन ५ गते मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा  ८ अवस्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिमा रहेका ६१ जना वृद्धवृद्धाहरु तथा विराटनगर महानगरपालिका ५ अवस्थित पाणिनी संस्कृत विद्यालय (गुरुकुल) मा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई उक्त सहयोग गरेको हो । 

 

 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संघलेडस्ना–सिरक लगायतका लत्ताकपडा तथा खाद्यान्न सामग्रीहरु वितरण गरेको हो । उक्त सामग्रीहरु सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती सुनिता शर्माले वितरण गरेको निर्देशनालयले जानकारी दिएको छ । 

 

 

सो कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, सैनिक श्रीमती संघका पदाधिकारीहरुको उपस्थिति रहेको समेत निर्देशनालयले जनाएको छ ।
 

प्रतिक्रिया

3
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै