Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

नेपालमा थप २४ जनालाई ओमिक्रोन संक्रमण

नेपालमा ओमिक्रोन भेरियन्ट थप २४ जनामा देखिएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

 

 

प्रवक्ता डा.संगीता मिश्राका अनुसार एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो ।

 

 

पुस महिनामा कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

 

 

ओमिक्रोन भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन पनि मन्त्रालयले आग्रह गरेको छ । यस्ताे छ  विज्ञप्ति :

 

 


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै