
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनले अब नेपाललाई कसरी तेस्रो विकसित देशबाट पहिलो विकसित मुलुक बनाउने भन्ने बारेमा योजना बनाइरहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित स्थानीय निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन चुनावलाई लक्षित गरेर मात्र नभइ दीर्घकालीन रहने दाबी गरेका हुन् ।
भट्टराईले काठमाडौंको महानगरमा सिर्जना सिंहले जित्ने दाबीसमेत गरेका छन् । उनले नेकपा एमालेका नेता केशव स्थापितलाई
मिति सकिएको औषधिको संज्ञा दिँदै सिर्जना सिंह विजयी हुने बताए । जित सुनिश्चित भइसकेकोले काठमाडौंलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा सोच्नुपर्ने उनको भनाइ छ ।
उनले राजधानीको मेयर बन्नु कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति पछिको महत्वपूर्ण पद भएको बताए । भट्टराईले सिर्जना सिंह आफ्नै बलबुतामा मेयर बनेको पनि बताए ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले प्रकाशमान भन्दा अगाडि सिर्जना सिंह सक्रिय राजनीतिमा आएकोले प्रकाशमानका कारण मेयरको टिकट दिएको भन्न नमिल्ने बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit