
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दिगो रुपमा जाने बताएका छन् ।
उनले अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रमा बोल्ने क्रममा यस्तो बताएका हुन् । उनले गठबन्धन तोड्न खोज्नेहरूको चाहना पूरा नहुने बताएका छन् । साथै उनले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाने बताएका छन् ।
गठबन्धनका कारण दक्षिणपन्थी शक्तिहरुमा त्रास पैदा भएको पनि उनले बताएका छन् । उनले राष्ट्रिय सभा निर्वाचनबाट सुरु भएको चुनावी गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म पनि जारी रहने बताएका छन् ।
उनले आज भर्खरै पनि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग गठबन्धनका बारेमा छलफल भएको जानकारी दिँदै पत्रपत्रिकामा आएका समाचारबारे मनगढन्ते भएको बताएका छन् । उनले गठबन्धन भत्कनेजस्ता समाचारमा सत्यता नभएको दाबी गरेका छन् ।
‘हामी जनताका निम्ति राजनीति गरेका छौँ । समाजवादको यात्रामा अघि बढीरहेका छौँ । ५ दलीय गठबन्धन निर्माण गरेका छौँ । दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ । दिमाग खराब गर्ने काम नगराउनुस् । यो गठबन्धन टुट्नेवाला छैन । कसैले टुटाउन खोजेपनि गठबन्धन टुट्नेवाला छैन’ उनले भने ।
‘अहिले भर्खरै मात्र पनि हामीले नेपाली काँग्रेसका सभापति, देशका प्रधानमन्त्री शेरबहादुर देउवाजी, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजी र म आफैँ हामी तीनै जना बसेर अहिले भर्खरै छलफल ग-यौं । पत्रपत्रिकामा आएको समाचारको बारेमा पनि सत्यतथ्य कुरा के हो भनेर पनि छलफल गरेका छौँ । तर मनगढन्ते कुराहरु धेरै आएका रहेछन् । यी सबै कुरामा कुनै पनि सत्यता छैन’ उनले भने ।
उनले गठबन्धनलाई बलियो बनाउन तीनै दल प्रतिबद्ध भएको बताएका छन् । उनले जनताको हितलाई सर्वोपरि ठानी अगाडि बढ्ने नीति लिएको बताएका छन् । उनले गठबन्धनले नै संविधान जोगाएको र लोकतन्त्र बचाएको अभिव्यक्ति दिएका छन् । उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण प्रतिनिधि सभा चल्न नसकेको पनि बताएका छन् ।
‘यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भनेर प्रतिबद्धता जनाएका छौँ । जनताको भावनालाई पनि सम्मान गर्ने र नेपालको हीतलाई केन्द्रबिन्दुमा राखेर सबैसँग राम्रो सम्बन्ध बढाउने, हामीले सोच, नीति अवलम्वन गर्दै आएका छौँ’ उनले भने ।
‘यही सन्दर्भमा तपाईहरुलाई थाहा छ, हामीले एकपछि अर्को महत्वपूर्ण सफलता पनि हासिल गरिरहेका छौँ । संविधान जोगाएका छाँै । लोकतन्त्र बचाएका छौँ । संघीयताको रक्षा गरेका छौँ । र नेपालको राजनीतिलाई दक्षिणपन्थी दिशामा लैजान खोजिएको थियो । त्यसलाई गलत बाटोमा जानबाट रोकेका छौँ । जेठमा स्थानीय चुनाव हुन गइरहेको छ । त्यसमा पनि गठबन्धनका दलहरु मिलेर अघि बढ्नेछ । त्यसैले अहिले गठबन्धन तोड्न अनेक प्रयास गरिरहेका होलान्, तर उनीहरुको गलत मनशाय सफल हुनेछैन । देश अब गठबन्धनको राजनीतिमा अघि बढ्ने भएकोले त्यसपछिका दिनमा पनि गठबन्धनका विभिन्न स्वरुपहरु देख्नेछौँ’ उनले भने ।
generic cialis - tadalafil 5mg tablet purchase cialis generic
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
generic cialis - tadalafil 5mg tablet purchase cialis generic