Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

नारायहिटी दरबारको जग्गा लिजमा दिने निर्णयबाट सरकार तत्काल पछि हट्यो

सरकारले नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकेको छ । 

 

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तर्गतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्कालका लागि संरचना निर्माणको काम रोक्न निर्देशन दिएको हो । 

 

 

पुरातात्त्विक तथा ऐतिहासिक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि सरकारको चौतर्फी आलोचना भइरहेको थियो । पर्यटनमन्त्री  आलेको निर्देशनपछि समितिले बि म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिएको हो । 

 

 

समितिले सङ्ग्रहालयको १० रोपनी जग्गामा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो । सस्तो जग्गा प्राप्त गरेपछि परिसरको गेटबाट पश्चिमपट्टीभित्रै रेस्टुरेन्टका लागि गैरकानूनी ढंगले विभिन्न पक्की संरचना बनाउने र थप्ने काम भइरहेको थियो । 

 

 

उक्त कम्पनीले कानुन विपरीत भवन सिंगार्नेदेखि नयाँ भवनमा सटर हाल्ने काम गरिरहेको थियो । पछाडि विभिन्न संरचनाहरु थप गरेर बगैँचा निर्माणको काम पनि भइरहेको थाहा पाएपछि मन्त्रालयले चासो दिएको थियो ।

 

 


 

प्रतिक्रिया

1
  • Abertrip

    फाल्गुण २१, २०७८

    скільки ще буде тривати війна в україні скільки триватиме війна скільки триватиме війна в україні 2022

प्रतिकृया थप्नुहोस्
  • Abertrip

    फाल्गुण २१, २०७८

    скільки ще буде тривати війна в україні скільки триватиме війна скільки триватиме війна в україні 2022

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै