Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

राउटे युवतीमाथि दुर्व्यहारपछि कर्णाली सरकारले बनाउँदै यस्तो नीति

गत जेठ २३ गते राउटे युवतीमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका युवाहरुले यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भयो । आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरंगित पनि बनाइदियो ।     

 

त्यो युट्युब भिडियो जब बाहिरियो धेरैले राउटे युवतीमाथि त्यो व्यवहार गर्नेलाई कडा कारबाही गर्नुपर्ने मत राखे । कर्णालीका जंगलहरुमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका निर्दोष युवतीलाई होटलमा पु¥याएर यौन दुव्र्यवहार गरेको आपत्तिजनक भिडियो भाइरल भएपछि राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण पनि गरायो ।     

 

आयोगको ध्यानाकर्षणपश्चात् सुर्खेत प्रहरी प्रशासनले गुर्भाकोट नगरपालिका– ९ सुर्खेतका चमन घर्ती (जोगी), भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनसहित तीन जनालाई पक्राउ गर्यो । पछिल्लो समयमा राउटे युवतीमाथि भएको यौन दुव्र्यवहार प्रसारण गर्ने युट्युब च्यानललाई पनि प्रहरीले बन्द गरेको छ ।     

 

युवतीमाथि यौन दुराचार गर्ने ती युवाहरुलाई भने मानव ओसारपसार र जबर्जस्ती करणी कसुरको मुद्दा लगाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

 

उनका अनुसार अहिले अन्य समुदायको मान्छे प्रवेश निषेध गराउन राउटे बस्तीमा सुरक्षा व्यवस्था मिलाइएको छ । 

 

राउटेका ४६ घर परिवारका १५३ व्यक्तिलाई परिचय पत्र दिएर आफ्नो नागरिक बनाएको गुराँस गाउँपालिकाले उनीहरुको समुदाय जोगाउन, खाद्य अधिकारदेखि बस्ती विकास गर्न राउटे संरक्षण कार्यविधि बनाएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । आफ्नै नागरिकका रुपमा स्थापित गर्न खोजेपनि स्थानान्तरण भइरहने र मौसमी बसाई गर्ने भएकोले जटिलता आएको उनले बताए ।

 

‘हाम्रो गाउँपालिकामार्फत् उनीहरुलाई तीन हजार र कर्णाली प्रदेश सरकारको दुई हजार गरी मासिक पाँच हजार भत्ता दिँदै आएका छौं,’ अध्यक्ष ओलीले भने, ‘यद्यपि, यसको सदुपयोग उनीहरुले सही तरिकाले नगर्दा राउटे जीवनशैली परनिर्भरतातर्फ उन्मुख भएको महसुस गरेको छु ।’ उनीहरुको संस्कृति, अस्तित्व र पहिचान बचाउन सबै सरोकारवालाहरुको दायित्व रहेको उनको भनाई छ ।     

 

राउटे समुदायको रुपान्तरण गर्दै उनीहरुको अस्तित्व र पहिचान बचाउने, आधारभूत आवश्यकता परिपूर्ति, एकीकृत बस्ती विकास गरी मन्त्रालयले राउटे संरक्षण नीति निर्माण गर्ने तयारी थालेको सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी बताए ।     

 

मन्त्री बुढाका अनुसार नीतिमा रहेर कार्ययोजना बनाउने र त्यही अनुसार उनीहरुको सीप, कला, संस्कृति र संस्कारको जगेर्ना गर्ने गरी मन्त्रालयले काम अघि बढाउनेछ । 

 

विश्वमै दुर्लभ मानिने, फरक जातीय पहिचान र संस्कृति बोकेको एवं सूचना र प्रविधिको युगमा पनि अनौठौ तरिकाले जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटेको संरक्षण हुन नसक्दा बिगतमा चार सयको संख्यामा रहे पनि अहिले घटेर एक सय ४३ मात्र पुगेको प्रदेश सरकारको तथ्यांकमा उल्लेख गरिएको छ ।     
 

प्रतिक्रिया

1
  • Gobbob

    फाल्गुण ३, २०७८

    cialis 10mg ca - cost of cialis order tadalafil 20mg for sale

प्रतिकृया थप्नुहोस्
  • Gobbob

    फाल्गुण ३, २०७८

    cialis 10mg ca - cost of cialis order tadalafil 20mg for sale

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै