Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

एमालेका नौ विभाग गठन, को को छन् नेतृत्वमा ?

विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले पार्टीका नौ वटा विभागहरु गठन गरेको छ ।

 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार बसेको पार्टी स्थायी समिति बैठकले पार्टीका विभिन्न नौैं वटा विभागहरु गठन गरेको हो । पछि पनि सदस्यहरु थप गर्न मिल्ने गरी गठन गरिएको विभागहरुमध्ये स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली आफैले राखेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

 

संगठन विभाग प्रमुखमा विष्णुप्रसाद पौडेल, संसदीय विभाग प्रमुखमा सुवाष नेम्वाङ, प्रचार विभाग प्रमुखमा प्रदिप ज्ञवाली, विदेश विभाग प्रमुखका डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेललाई मनोनीत गरिएको छ । प्रवक्ता ज्ञवालीले पर्यटन प्रवद्र्धन विभाग प्रमुखमा भानुभक्त ढकाल, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाललाई मनोनीत गरिएको बताए ।

 

विभागलाई पूर्णता दिन सदस्यहरुको मनोनीत गर्ने काम भने बाँकी रहेको एमालेले जनाएको छ ।

 

एमालेले आगामी साउन २४ गते केन्द्रिय समिति बैठक बोलाएको छ । पार्टीको आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान अधिवेशनामा प्रस्तुत हुने प्रस्तावबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

 

त्यसको २ दिन अघि साउन २२ गते पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेर अनौपचारिक छलफल गर्ने पनि निर्णय पनि एमालेले गरेको छ ।

 

एमालेले पार्टीको नीति निर्माणका लागि विधान अधिवेशन बोलाउन लागिएको पनि स्पष्ट पारेको छ । प्रवक्ता ज्ञवालीका अनुसार त्यसपछि आयोजना हुने राष्ट्रिय अधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ ।

 

एमालेले पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि आगामी असोज ३ गते वडा अधिवेशन र असोज ९ गते पालिका स्तरीय अधिवेशन गर्ने निर्णय पनि यस अघिनै गरिसकेको छ ।

प्रतिक्रिया

110
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै