Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

एमाले जेठ २ मा फर्किए यी नेता केन्द्रीय कमिटीबाट हुनेछन् ‘आउट’

नेकपा एमालेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच २ जेठ २०७५ मा पार्टी फर्किए मात्र सहमति हुने दोहोरिँदै आएको छ । 

 

अध्यक्ष ओली ३ जेठमा फर्किन चाहे पनि २ जेठमा भने फर्किन चाहेका छैनन् । उता नेता नेपालले भने २ जेठमा पार्टी नफर्किए सहमति हुन नसक्ने भन्दै आएका छन् । 

 

तत्कालीन समयमा एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकीकरण भएको थियो । जब कि सर्वोच्च अदालतको आदेशबाट उक्त एकीकरण खारेज भई दुवै पार्टी पूर्ववत् अवस्थामा फर्केका छन् । 

 

त्यतिबेला एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरी ४४१ जनाको केन्द्रीय कमिटी बनेको थियो । एमालेले ४६ जना थपेर २४१ जनालाई केन्द्रीय कमिटीमा पठाएको थियो ।

 

यति एमाले पुनः २ जेठमा नै फर्किने हो भने त्यतिबेला केन्द्रीय कमिटीमा परेका ४६ जना  बाहिरिने भएका छन् । त्यसरी बाहिरिनु पर्ने नेताहरुमा खगराज अधिकारी, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणि पौडेल, तिलकुमार मेन्याङ्बो र  राजेन्द्र गौतम छन् । 

 

यस्तै, आनन्द पोखरेल, कैलाश ढुंगेल, गुरुप्रसाद बराल, युवराज खतिवडा, बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, रामेश्वर फुँयाल, कृष्ण राई, वसन्त मानन्धर, निरज आचार्य, रवीन्द्र अधिकारी (नवलपुर), विनोद ढकाल, महेश रेग्मी र भानुभक्त जोशी छन् ।

 

यस्तै, गौरी ओली, समिम मियाँ अन्सारी, प्रमोदनारायण यादव, लीला भण्डारी, अइन्द्रसुन्दर नेम्वाङ, चन्द्रबहादुर शाही, देवेन्द्र दाहाल, अच्युत मैनाली, देवी ज्ञवाली, रामेश्वर रानामगर, नरेश खरेल, विनोद श्रेष्ठ, श्रीनाथ बराल, एकबहादुर राना, लक्ष्मण ज्ञवाली, शारदा सुवेदी, गोविन्दविक्रम शाह, उमा कोइराला, लालबहादुर विश्वकर्मा, दीपक देवकोटा, राजेन्द्रसिंह रावल, विमला घिमिरे, नारायण सिलवाल र दिलकुमारी पन्त पनि केन्द्रीय कमिटीबाट बाहिरिने छन् । यीमध्ये अधिकांश ओली पक्षका नेता हुन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै