
गत शुक्रबार भएको स्थानीय निर्वाचनको मत परिणाम आउन थालेको छ ।
७५३ मध्ये अहिलेसम्म ३६ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अहिलेसम्मको परिणामअनुसार १५ स्थानीय तहको प्रमुख वा अध्यक्ष नेकपा एमालेले जितेको छ। त्यस्तै नेपाली कांग्रेसले ११ स्थानीय तहको प्रमुख वा अध्यक्षमा जित हात पारेको छ ।
नेकपा माओवादी केन्द्रले ८ स्थानीय तहको प्रमुख वा अध्यक्षमा जित हात पार्दा नेकपा एकीकृत समाजवादीले २ स्थानमा जित हात पारेको छ ।
अहिलेसम्मको मत परिणामअनुसार एमाले १९२ स्थानमा अगाडि छ भने कांग्रेस २७१ स्थानमा अगाडि देखिएको छ । त्यस्तै माओवादी केन्द्रले १०६ स्थानमा अग्रता लिएको छ । एकीकृत समाजवादी १४ पालिकामा अगाडि रहँदा जनता समाजवादी पार्टी २९ स्थानमा अगाडि छ ।
लोकतान्त्रिक समाजवादी पार्टी १० स्थानमा अगाडि रहँदा स्वतन्त्र तथा अन्य दलहरु २९ पालिकामा अगाडि छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit