
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन नमिल्ने बताएका छन् ।
आइतबार आयोजित एक कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरमा निगमले सुक्ष्म अध्ययन र गुणस्तरको जाँच गरिरहेको बताएका छन् । उनले निगमले आफ्नो बारेमा कुनै पनि नराम्रा समाचार नआओस् भन्ने चाहेकाले पेट्रोलियम पदार्थको गुणस्तरमा सचेत र शर्तक रहेको बताएका छन् ।
उनले पेट्रोल भारतबाट ल्याइने र बिसाउने बाटा धेरै रहेकोले नेपालमा पाइपलाइनबाट पेट्रोल आइसकेपछि गुणस्तरको सम्पूर्ण समस्या समाधान हुने बताएका छन् । उनले अहिले सिनामंगलमा सेन्ट्रल ल्याब रहेकोले उक्त ल्याबबाट गुणस्तर जाँच शुरु गरिसकेको र सिनामंगलको जस्तो उच्च गुणस्तरको ल्याब नेपालमा अन्त नरहेको दाबी समेत गरेका छन् ।
‘आजको दिनमा क्वालिटीको विषयमा निगम सुतेको पनि छैन, यो कस्तो हो भने निगमको अहिलेको मान्यता भनेको के हो भने, नो न्यूज इज गूड न्यूज, कुनै पनि समाचार नै नआओस्, त्यो भनेको राम्रो हो । घरमा बुबा बिरामी हुनुभयो भने त पक्कै पनि समाचार आइहाल्छ नि बिरामी हुनुभयो भनेर केही समाचार आएन भने बुबा पनि सन्चो हुनुहुन्छ भन्ने मान्यता हो । त्यसो भएको हुनाले निगमले धेरै समाचार दिने भन्दा पनि हामी समाचार नै नआओस् भन्ने चाहन्छौँ’ उनले भने ।
‘क्वालिटीको इस्यू अब एउटा मात्रै हामीकहाँ के छ भने इण्डियाबाट आएको पेट्रोलको हकमा त्यहाँ धेरै वटा बिसाउने बाटाहरु हुन्छन्, नेपालमा पाइपलाइनबाट पेट्रोल आइसकेपछि हामीले बजारमा पछिल्लो सुक्ष्म अध्ययन गर्दा वाणिज्य विभागसँग मिलेर के पनि हे¥यौं भने एक पटक १९ वटा ट्यांकर इण्डस्ट्रियलको तेल हेर्न खोलिने अवस्था थियो । अहिलेसम्म वाणिज्य विभागको नेतृत्वमा हामीकहाँ गुणस्तरीय तेल नै ल्याएका छौँ । हामीकहाँ क्वालिटीको इस्यूमा सूचनाहरु आउँछन्, हामीले टेस्ट पनि गर्छौं, अहिले सिनामंगलको सेन्ट्रल ल्याब छ, त्यो ल्याबबाट गुणस्तर जाँच शुरु गरिसकेका छौँ । हाम्रो ल्याब उच्च गुणस्तरको पनि छ र हामीसँग यस्तो क्वालिटीको ल्याब अन्त छैन’ उनले भने ।
उनले नेपालमा भारतबाट पाइपलाइनबाट तेल ल्याउने विषय बोर्डबाट मन्त्रालय स्तरमा पुगिसकेको बताएका छन् । उनले झापाबाट पाइपमा तेल ल्याउने कुराको मोडालिटीको बारेमा छलफल भइरहेको र अमलेखगञ्जबाट पाइपमा तेल ल्याउने विषयमा भने धेरै अघि बढिसकेको बताएका छन् ।
‘अहिले हामीले धेरै कुरामा अघि बढ्छु भन्दा पनि स्टे बाई स्टे ग्याजुएल एक्सपेन्सनमै जाउँ हामी भनेर हाम्रो पाइपलाइनको एक्सटेन्सनको विषय बोर्डको लेभलबाट अघि बढिसकेर मन्त्रालयको लेभलमा छ । झापाको पाइपलाइनमा हामी मोडालिटीको फाइनलको कुरामा छौँ । दुई देशीय पाइपलाइन भएको हुनाले उनीहरुले भारततर्फबाट गर्नुपर्ने लगानीको प्रतिफल के हुने ? के मोडालिटीमा गर्ने भन्नेमा नै छलफल भइरहेको छ । अमलेखगञ्जको स्टेशनको विषयमा त हामी धेरै अघि बढीसकेका छौँ । हाम्रो लगात कति, के, कसरी जाने ?, कम्प्लिट सर्वे डिटल स्टडी भइसकेको छ’ उनले भने ।
कार्यक्रममा निगमका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले आयल निगम नाफा कमाउन स्थापित संस्था नभएको बताएका छन् । उनले आम नागरिकहरुको सहजकर्ताको रुपमा रहेको निगमले २०७० सालपछि स्वचालित मूल्यदरको नियम बनाए पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताएका छन् । उनले पेट्रोलियम पदार्थको मूल्य घट्दा वा बढ्दा अर्थतन्त्रका अन्य आयामहरुमा पनि ठूलो असर पर्ने बताएका छन् ।
‘आयलनिगम पनि मुलरुपमा नाफा कमाउन स्थापित संस्था हुँदै होइन । पब्लिक पपर्स, पब्लिक अनरशीप, पब्लिक एकाउण्टाबिलिटीसहितको संस्था हो । यस्ता संस्थाहरुमा खास गरेर प्रशासित मूल्य एडमिस्टर प्राइसिङ, हामीले प्राक्टिस ग¥यौं । २०७० सालपछि अटोमेटिक प्राइसिङ सिस्टम भनेर हामीले इन्टरड्यूस गर्न चाह्यौँ । थोरै इन्टरड्यूस भएको छ, कार्यान्वयन भएको छ । धेरैजसो समय यो कार्यान्वयन गर्न सकेको छैन । त्यो के कारण होला, जसले अटोमेटिक प्राइसिङ फुल एग्रिमेण्ट गर्न सकिएन ? यसको मूल्य घट्दा वा बढ्दा यसले अर्थतन्त्रका अरु आयामहरुमा ठूलो असर पार्छ’ उनले भने ।
उनले मूल्यको विषयमा छलफल गरेर आयल निगममा भएका कमजोरीलाई अब दोहोरिन नदिने दाबी समेत गरेका छन् ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार (३० मंसिर २०७७) को अपरान्ह जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा उपस्थित बहुमत सदस्यले गरेको निर्णय मान्य हुने बुँदा थपिए...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit