Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ९० प्रतिशत काम विद्युतीय प्रणालीमार्फत हुने 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकण्ठ अर्यालले मन्त्रालयको नब्बे प्रतिशत काम विद्युतीय प्रणालीमार्फत् सम्पन्न गर्ने बताएका छन् ।

 


सचिव अर्यालले आफ्नो मन्त्रालय र त्यस अन्तर्गतका निकायको कामलाई विद्युतीय प्रणालीमार्फत् नै सम्पन्न हुनेगरी मन्त्रालयले कार्यालय व्यवस्थापन प्रणाली तयार गरिसकेको पनि बताए । 

 


प्रविधि पत्रकार मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रणाली अन्य मन्त्रालयमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताए ।  उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सो प्रणाली जडान गर्ने काम सुरु गरिएको र त्यसलाई अन्य मन्त्रालय र निकायहरुमा विस्तार गर्न आवश्यक तालिमको प्रारुप पनि तय गरिएको बताए । 

 


सचिव अर्यालले सूचना र प्रविधिमा सबै नागरिकको पहुँच विकास गर्न सरकारले पूर्वाधार विकासमा जोड दिएको पनि बताए । 

 


सचिव अर्यालले सूचना, प्रविधि क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहकार्य अति जरुरी रहेको भन्दै सरकारले जनताको सेवा प्रवाहको कामलाई सहज बनाउन नै सूचना प्रविधिको विकासमा ध्यान केन्द्रित गरेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै