Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

प्रेस काउन्सिल नेपालले राख्यो २ अनलाइन मिडियालाई कालोसूचीमा

फाइल तस्बिर

प्रेस काउन्सिल नेपालले नेपाल आज डटकमलाई कालोसूचीमा राख्दै थप कारबाही गर्ने निर्णय गरेको छ ।

 

 

प्रेस काउन्सिल अन्तर्गत आचारसंहिता अनुुगमन उपसमितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । काउन्सिले उक्त अनलाइन मिडियालाई कारबाही गरेको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रसारण विभागलाई पनि दिएको छ । साथै  उक्त मिडियालाई उपलब्ध गराइने विज्ञापन, प्रेस पास तथा अन्य सेवा सुविधा उपलब्ध नगराउन पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) बमोजिम सिफारिस गर्ने समेत निर्णय गरेको छ ।
 

 

 

उक्त मिडियाले व्यक्तिगत जीवनमा आँच आउनले गरी पटकपटक फोन गरी हैरानी दिने गरेको आरोप काउन्सिमा परेको छ । साथै उक्त मिडियाविरुद्ध ६ उजुरी परेको पनि काउन्सिलले आज विज्ञप्ति निकाल्दै उल्लेख गरेको छ ।

 

 

काउन्सिलको अनुगमनबाट देखिएका आचारसंहिता उल्लङ्घनका विषयमा सम्बन्धित पक्षको भनाइलाई सम्बोधन गरी खण्डन प्रकाशन गर्न पटकपटक निर्देशन दिइएपनि खण्डन प्रकाशन नगर्ने गरेको पनि उल्लेख गरेको छ । त्यस्तै, उक्त मिडियाले प्रेस काउन्सिल नेपालले घरीघरी सचेत र ध्यानाकर्षण गराउँदा पनि कुनै सुधार नआइ आचारसंहिताविपरीत सामग्रीहरू सम्प्रेषण गरि नै रहेकाले कालोसूचीमा राखिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

 

उक्त कार्यदलले पनि सो अनलाइनलाई कालोसूचीमा राखी थप कारबाही गर्नुपर्ने निष्कर्षसहित सुझाव दिएको थियो । यसैबिच माघ ६ गतेको निर्णयानुसार काउन्सिलले पटकपटक दिएकोे निर्देशनलाई अवज्ञा गरेकोले सगरमाथा खबर डटकमलाई पनि कालोसूचीमा राखेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

यसैगरी २०७८ साउनदेखि २०७८ फागुन १२ गतेसम्म विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी, ८ जनगुनासा दर्ता भएकोमा हालसम्म ८१ उजुरी र ४ जनगुनासा फछ्र्र्यौट भएका छन् । साथै, यस अवधिमा भएका १७१ वटा स्वअनुगमन सामग्रीमध्ये १४९ वटा फछ्र्र्यौट भएका छन् ।

 

 

यस्तै ४० उजुरी र  ६८ स्वअनुगमनका आधारमा १०८ वटा दर्ता र सूचीकरण नभएका वेबपोर्टलहरू नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था समेत प्रेस काउन्सिल नेपालले गरेको बताएको छ । यस बीचमा दुई सञ्चार माध्यम अवज्ञाकारी सूचीमा परेको पनि  प्रेस काउन्सिल नेपालले जानकारी दिएको छ ।
 

प्रतिक्रिया

97
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै