
कर्णाली प्रदेशमा दुई मन्त्री थपिएका छन् । आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आज शपथ ग्रहण गरेका हुन् ।
उनीहरुलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही दिनअघि माओवादीका तीन मन्त्री नियुक्त गरेका थिए । तर, सत्ता साझेदार नेपाली कांग्रेसको असन्तुष्टिपछि विन्दमान विष्टलाई सपथ गराइएको थिएन । कांग्रेसले दुई मन्त्रालय पाए पनि मन्त्री छान्न सकेको छैन ।
कर्णाली प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधार(९) र धारा १७० को उपधार (१) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा मन्त्रिमण्डलको पुनर्गठन गरेको जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit