Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

मधेसमा नक्कली नोट र अवैध रकममा कडाइ गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरीले मधेश प्रदेशबाट १ करोड ७९ लाख ७४ हजार रुपैयाँ बराबरको अवैध तथा जाली नोट बरामद गरेको छ ।

 

आर्थिक वर्ष २०७८/७९ को साउनदेखि हालसम्ममा १० लाख ५४ हजार भारतीय रुपैयाँसहित उक्त रकम बरामद गरिएको छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेशबहादुर ठाडा मगरले जानकारी दिए । 

 

डीआईजी मगरका अनुसार जाली नोटको कारोबार गर्ने २६ जनालाई पनि पक्राउ गरिएको छ । पर्साबाट १२ लाख रुपैयाँ नेपाली र ६ लाख भारतीय रुपैयाँसहित ४ जना पक्राउ परेका छन् । 

 

बाराबाट १२ हजार अवैध रकम एवम् २ लाख ९६ हजार रुपैयाँ नक्कली नोटसहित १ जना पक्राउ परेको डीआईजी ठाडा मगरले जानकारी दिए । रौतहटबाट २९ लाख ३५ हजार अवैध रकमसहित ४ जना पक्राउ परेका छन् । सर्लाहीबाट १८ लाख ७२ हजार नेपाली रुपैयाँ र ४७ हजार भारतीय रुपैयाँसहित ६ जना पक्राउ परेका छन् । 

 

त्यसमध्ये १ लाख १६ हजार नक्कली रकम रहेको छ । महोत्तरीबाट २८ लाख २० हजार अवैध रकम र १५ लाख ९० हजार नक्कली नोटसहित ५ जना पक्राउ परेका छन् । धनुषाबाट ५८ लाख १५ हजार अवैध रकमसहित ३ जना पक्राउ परेका छन् । 

 

सिराहाबाट २० लाख अवैध रकमसहित १ जना र सप्तरीबाट २० लाख ७२ हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

कस्तुरीको बिना सहित तीनजना पक्राउ

रुपन्देहीमा  एकथान कस्तुरीको बिनासहित तीनजना पक्राउ परेका छन् । अवैधरुपमा कस्तुरीको बिना ओसारपसारमा संलग्न रहेको आरोपमा उनीहरुलाई देवदह नगरपालिका– १० भलुहीबाट प्रहरीले पक...

फाल्गुण २३, २०७८