Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

इन्धनको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै क्रान्तिकारीले गर्यो विरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बिरोध प्रदर्शन गरेको छ । 

 

 

बुधबार माइतीघर मण्डलामा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको उल्लेख गर्दै तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । उनले कोरोना महामारीको बेलामा जनतालाई राहत दिनुपर्नेमा सरकारले बारम्बार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर आहत दिने काम गरेको बताएका छन् ।

 

 

‘पटक पटक सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरी नेपाल सरकार र नेपाल आयल निगमले मूल्यवृद्धि गरिरहेको छ । यसको बिरोधमा हामीले बिरोध गरेका हौँ । अहिले पेट्रोल र डिजेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेर जनताको ढाड सेकाइएको छ । हामीले पटक पटक जनताको चुल्हो नबल्ने स्थितीमा गरिएको मूल्यवृद्धि खारेजको माग गर्दछौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा लताकपडा, खानेकुरा सबैमा मूल्यवृद्धि हुन्छ, त्यो काम नहोस् । सरकारले कोरोना महामारीका बेलामा राहतको साटो आहत दिने काम गरिरहेको छ । नेपाल सरकार र नेपाल आयल निगमलाई अविलम्व पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गरियोस्, यदी फिर्ता गर्ने काम भएन भने नेपाली जनताले सडकमा ल्याएर कारबाही गर्ने दिन आउनेछ’ उनले भने ।

 

 

प्रदर्शनमा अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले सरकारले जनताको भोक, रोग र अभाव नदेखि बारम्बार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नु दुःखद् भएको बताएका छन् । उनले देउवा सरकारले कोरोना महामारीमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर झनै मारमा पारेको बताएका छन् ।

 

 

उपाध्यक्ष न्यौपानेले पेट्रोलियम पदार्थमा बारम्बार मूल्यवृद्धि गर्नु लाजमर्दो भएको बताएका छन् । सरकारले मंगलबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्यवृद्धि गरेको छ । 
 

प्रतिक्रिया

1
  • Mqhjaa

    फाल्गुण ३, २०७८

    purchase cialis online - buy cialis pill cialis next day delivery usa

प्रतिकृया थप्नुहोस्
  • Mqhjaa

    फाल्गुण ३, २०७८

    purchase cialis online - buy cialis pill cialis next day delivery usa

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै