Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

यी हुन् सेयर बजारमा हरियाली ल्याउने कम्पनी

धितोपत्र बजारमा शेयर कारोबार नेप्से परिसुचक बुधबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसुचक साताको चौथो दिन बुधबार २९७७.२९ बिन्दुबाट बढेर २९७६.९८ मा शेयर कारोबार बन्द भएको हो ।  


साताको चौथो दिन नेप्से ०.०४ प्रतिशतले बढेको हो । ठूला कम्पनी शेयर कारोबार मापक सेन्सेटिभ परिसुचक ०.१७ अंकले बढेर ५५०.६९ बिन्दुमा पुगेको छ । 


कारोबार भएको १३ उपसमूहमध्ये बुधबार चार उपसमूहको शेयर उकालो लागेको छ भने बाँकी नौ उपसमूहको शेयर भने ओरालो लागेको छ ।  


बुधबार होटल तथा पर्यटनको शेयर बढेको छ । त्यस्तै बैकिङ ०.४, होटल तथा पर्यटन ३.७६, लाईफ इन्स्योरेन्स ०.४४, ईन्भेष्टमेन्ट ०.०१ को शेयर कारोबार बढेको छ । 


त्यस्तै ट्रेडिङ ०.२, बिकास बैंक ०.७, हाईड्रो पावर ०.५८ , फाईनान्स २.७५, नन लाईफ ईन्स्योरेन्स ०.४६, उत्पादन ०.०४, माईक्रो फाईनान्स ०.११ तथा म्युचल फण्ड ०.३८ बिन्दुले घटेको छ । आज २२६ वटा कम्पनीको कारोबार भएको छ । १ करोड ७१ लाख ८२ हजार ८ सय ७१ किता  शेयरको ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रुपैया बराबर कारोबार भएको छ । 


बुधबार अरुण भ्याली हाईड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ५९ करोड ९९ सय लाख ३६ हजार रुपैया बराबरको कारोबार भएको हो । यस्तै रुरु जलविद्युत परियोजना कम्पनी लिमिटेडका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् । 


कम्पनीको शेयर मुल्य ७.५५ प्रतिशतले बढेर १ हजार ४ सय ४८ रुपैया पुगेको छ । ओरियन्टल्स होटल लिमिटेड ६.१४, युनाईटेड मोदि हाईड्रो पावर लिमिटेड ६.०४, हिमालयन उर्जा बिकास कम्पनी लिमिटेड ६.०२ , सोल्टी होटल लिमिटेड ५.७३ ,मनकामना स्मार्ट लघुवित वितिय सस्था लिमिटेड ४.००, कालिका पावर कम्पनी लिमिटेड ३.९९, नयाँ साँरथी लघुवित वितिय सस्था लिमिटेड ३.४५ , हिमालयन पावर पार्टनर लिमिटेड ३.४३, शिर्ष स्थानमा रहेका छन । 

आज भएको कारोबारमा सनराईज फस्ट म्युचल फण्ड ९.९८, खानीखोला हाईड्रो पावर कम्पनी लिमिटेड ७.७७, गुहेश्वरी र्मचेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड ६.२७ करर्पोरेट बिकास बैँक लिमिटेड ५.७५, आई सि एफ सि फाइनान्स लिमिटेड ५.२८  प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै