Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

काभ्रेमा कुटपिट गरी आफ्नै बुबाको हत्या, छोरा पक्राउ


काभ्रेमा आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–७ जोरपिप्लेका ३८ वर्षीय राजु गौतमलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

 

राजु र उनका बाबु ५५ वर्षीय बलराम गौतमबीच घरायसी विषयमा विवाद भएपछि राजुले कुटपिट गरेको प्रहरीले जनाएको छ । बलरामको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले राजुलाई पक्राउ गरेको हो । 

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

३१ लाखको यौनवद्धक औषधी सहित चितवनबाट ८ जना कारोबारी पक्राउ 

इजाजत बिना यौनवद्धक तथा नेपालमा औषधी व्यवस्था विभागले बेचबिखनमा रोक लगाएका औषधि ल्याई विक्री बितरण गर्ने खोज्ने ८ जना कारोबारी चितवनबाट पक्राउ परेका छन्  । 

फाल्गुण १, २०७७