Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

‘रिप्याकिङ’ गरेर तेलको कालोबजारी


तेल कालोबजारी गरेको अभियोगमा त्रिदेव रिप्याकिङ फर्मका संचालक वीरगञ्ज महानगरपालिका–३ आदर्शनगर टोल बस्ने २४ वर्षीय रोशन कुमार वर्णवाललाई मंगलबार दिउँसो पर्सा प्रहरीले पक्राउ गरेको छ । 

 

रोशनले आफ्नो दाइ राजन वर्णवालको नाउँमा रहेको त्रिदेव रिप्याकिङ फर्ममा विभिन्न ब्राण्डको सोयाविनको तेल ल्याई रिप्याकिङ गर्दै आएका थिए । उनले बोटलमा दीपशक्ति तिलको तेल, तिल उपकार पूजा तेल लेखिएको स्टिकर समेत टाँसी सर्वसाधारणलाई बिक्री गरिरहेको पाइएको प्रहरीले जनाएको छ । 

 

साथै त्रिदेव रिप्याकिङ फर्मबाट महालक्ष्मी सोयाविन लेखेको ३ हजार ४ सय ६५ लिटर तेल, दिव्य रिफाईण्ड सोयाविन लेखिएको ९ सय ९० लिटर तेल, तिल उपकार पूजा आयल लेखेको ३ सय ४८ लिटर तेल बरामद गरिएको छ ।

 

यस्तै, १ सय ५० थान तिल उपकार पूजा आयल लेखेको स्टिकर, दिप शक्ति तिलको तेल लेखेको स्टिकर लेवर ४० वटा तथा धारा जस्तो समेत फिट भएको २ थान ड्रम र दिप ज्योति तिल उपकार लेखेको खाली वोटलको २ थान पोका र खाली वोटल २ थान प्रहरीले बरामद गरेको हो ।

 

रोशनमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गत कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइहरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै