
इजाजत बिना यौनवद्धक तथा नेपालमा औषधी व्यवस्था विभागले बेचबिखनमा रोक लगाएका औषधि ल्याई विक्री बितरण गर्ने खोज्ने ८ जना कारोबारी चितवनबाट पक्राउ परेका छन् ।
भारतबाट तस्कर गरी पर्साको ठोरी हुँदै चितवनको माडी तर्फ ल्याउने क्रममा इलाका प्रहरी कार्यलय माडीले बिशेष सुराकीका आधारमा ३१ लाख ५ हजार ६ सय ३३ रुपैयाँ बराबरको औषधि बरामद गरेको हो ।
इलाका प्रहरी कार्यलय माडीका प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा गएको टोलीले ना ४ ख ४४२५ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा अबैध औषधि सहित ८ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले बोरामा लुकाएर ल्याएको एन्टीअक्सीडेण्ट, सिलाजित, नेट्रोभित्ता, क्याल्सीयम आदि लेखेको औषधी बरामद गरेको छ ।
चितवन प्रहरी प्रमुख नातिराज गुरुङले औषधी व्यवस्था विभागसँग राय सल्लाह लिए अनुसार थप अनुसन्धानको कार्य भइरहेको बताए । प्रारम्भिक अनुसन्धानमा नेटवर्कीङ व्यापारमा संलग्नहरुले विक्री वितरणका लागि ल्याएको पाइएको बताए ।
प्रहरीले बरामद गरेको औषधि नेपालमा प्रयोगको लागी स्विकृत नभएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक देबेन्द्र यादवले बताए।
पक्राउ पर्नेहरुमा कालिका ४ बस्ने राजकुहार महतो, कालिका ३ का हरिशरण चौधरी, माडी नगरपालिका ३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुर जिल्ला गढी गाउँपालिका ८ का सुरज गौतम, वडानम्वर ३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका ५ बस्ने उज्जव पोख्रेल र वडानम्वर २३ बस्ने बिपिन सापकोटा रहेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit