
पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानी राष्ट्रपति डा. अरिफ अल्वीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश पनि व्यक्त गरेका थिए ।
कार्यक्रममा राष्ट्रपति अरिफ अल्भीले दुई देशको वाणिज्य तथा सांस्कृतिक सम्बन्ध आगामी दिनमा अझै सुमधुर हुँदै जाने विश्वास व्यक्त गरे ।
अधिकारीलाई गत भदौमा सरकारले राजदूतमा नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि अधिकारी दक्षिण पूर्वी एसिया र प्यासेफिक डिभिजनका प्रमुखका रुपमा परराष्ट्र मन्त्रालयमा कार्यरत थिए ।
नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा अफगानिस्तानस्थित युएन ह्याबिट्याटको कन्ट्री रिप्रेजेन्टेटिभ भइसकेका क्यानेडियन नागरिक पिटर जोहन डालग्लिसलाई काभ्रे जिल्ल...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit