
नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा अफगानिस्तानस्थित युएन ह्याबिट्याटको कन्ट्री रिप्रेजेन्टेटिभ भइसकेका क्यानेडियन नागरिक पिटर जोहन डालग्लिसलाई काभ्रे जिल्ला अदालतले यौन दुराचारमा दोषी ठहर गरेको छ।
न्यायाधीश अर्जुन अधिकारीको इजालसले २७ जेठ २०७६ कसुरमा दोषी ठहर गर्दै संहिताअनुसार सजाय फैसला २३ असार २०७६ मा निर्णय सुनाउने अदालतका श्रेष्तेदार ठाकुर त्रितालले बताए।
विश्वका गरिब र युद्धग्रस्त देशका सडक तथा युद्ध प्रभावित बालबालिका संरक्षकका रुपमा चिनिएका डालग्लिस २०७५ चैत तेस्रो साता काभ्रेबाट यौन दुराचार अभियोगमा पक्राउ परेका थिए। त्रितालका अनुसार उनी हाल पुर्पक्षका लागि धुलिखेल कारगारमा छन्।
नेपालमा समेत सामाजिक कार्यमा संलग्न रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले काभ्रेको एउटा अत्याधुनिक बंगलोबाट पक्राउ गरेको थियो। ब्युरो टोलीले यौन दुराचारमा परेका २ जना बालकलाई साेही घरबाट उद्दार गरेको थियो। पिटर बस्ने काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिका वडा–१ स्थित करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको घरबाट ती बालकहरूकाे उद्दार भएकाे थियाे।
पिटरले एकजना सहयोगीको नाममा खरिद गरेकाे उक्त घरलाई यौन दुराचारका लागि प्रयोग गरिरहेका थिए।
क्यानडा प्रहरीकाे शंकाकाे घेरामा रहेका पिटरका बिषयमा तत्कालिन ब्युराे प्रमुख पुष्कर कार्कीले जानकारी पाएका थिए। उनी नेपाल भित्रिएदेखि नै ब्युराेमै कार्यरत डिएसपी कवित कटवालले उनकाे फ्लाे गरिरहेका थिए।
प्रहरीले रंगेहात पक्राउ गरेका पिटरले क्यानडाबाटै स्वतन्त्र अनुसन्धान टाेली ल्याएर मुद्दाकाे बहस र अनुसन्धान गराएका थिए। यस्तै उनले आफुलाई निर्दाेष देखाउदै अन्तर्राष्ट्रिय सञ्चार माध्यम समेत गुहारेका थिए।
उनी पक्राउ परेपछि राेयल क्यानेडियन पुलिसकाे बिशेष टाेली नेपाल आएर ब्युराेका अधिकारीसँग भेटेर धन्यबाद दिएकाे थियाे।
प्रहरी अनुसन्धान मिसिल, उपलब्ध सबुत प्रमाण र पीडितहरूकाे बयानपछि अदालतले पिटर दाेषी भएकाे ठहर गरेकाे हाे।
पक्राउपछि प्रहरीले उनीविरूद्ध सरकारी वकिलमार्फत काभ्रे जिल्ला अदालतमा मुद्दा बुझाएको थियो। सो मुद्दामा वादी र प्रतिवादी दुवै पक्षको बहस सुनिसकेपछि सोमबार अदालतले उनलाई दोषी ठहर गरेको हो।
पिटर बालबालिकाको क्षेत्रमा काम गरे बापत ३ वटा विश्व बिद्यालयबाट मार्नाथ विद्यावारिधी र दर्जनौं अन्तर्राष्ट्रिय अवार्ड पाएका ब्यक्ति हुन्। नेपाल, अफगानिस्तान, लाइबेरिया र सुडानमा राष्ट्रसंघको उच्च ओहदामा काम गरेका पिटरले २ वर्षअघि नेपालमा समेत हिमालयन कम्युनिटी फाउन्डेसन नामक संस्था दर्ता गरेका छन्। सो संस्थाले गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्दै आएको छ। त्यही बहानामा समुदायका बालबालिका छनौट गरेर पिटरले आफैसँग राखी यौन शोषण गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
स्ट्रिट किड्स इन्टरनेशनल नामक अन्तर्राष्ट्रिय संस्थाका संस्थापक रहेका पिटर २ वर्ष अघि नेपालमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को माथिल्लो पदमा कार्यरत थिए। उनले युएन ह्याबिट्याटको कन्ट्री रिप्रेजेन्टेटिभका रुपमा अफगान्स्तिान, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सिनियर अर्बान एडभाईजरका रुपमा लाइबेरिया र विश्व खाद्य कार्यक्रमको माथिल्लो पदमा रहेर सुडानमा काम गरिसकेका छन्।
cialis mail order - tadalafil 40mg over the counter cialis 5mg cost
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
cialis mail order - tadalafil 40mg over the counter cialis 5mg cost