
नेपालबाट तेस्रो देशका लागि सिमित उडान भएपनि यसमा यात्रागर्नेहरुलाई प्रयोगगर्दै सुन तस्करहरुले कारोबार गरिरहेको खुलेको छ ।
प्रहरीले सुनको तस्करीमा संलग्न मुख्य ब्यक्ति र त्यसका भरियालाई करिब १२ लाख नगद र एकसय पचास ग्राम सुन सहित नियन्त्रणमा लिएको छ ।
महानगरीय अपराध महाशाखाले भन्सार छलेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत सुन तस्करी भइरहेको विशेष सूचनापछि शुक्रबार कारबाही गरेको हो ।
जसमा विमानस्थलको मुख्यद्धारबाट रामेछापका गंगाबहादुर थापा मगर शंकास्पद अबस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट नगद ११ लाख ८६ हजार रुपैयाँ बरामद भएको थियो ।
महाशाखाको टोलीले थप अनुसन्धानगर्दा उनले सो रकम तस्करी गरेर ल्याएको
सुन बेचे बापत पाएको खुलेपछि कोटेश्वरस्थित स्काई ज्वैलर्समा छापा मारेको थियो ।
ज्वैलर्सबाट भन्सार र बिल दुबै नभएका तीनथान बाला बरामद भएको थियो । महाशाखाले ज्वैलर्सका संचालक कुमार सेन्चुरीलाई समेत पक्राउ गरेको थियो ।
अनुसन्धान अधिकारीहरुका अनुसार पक्राउ परेका सेन्चुरीको सम्पर्क वृत्त बानेश्वर र कोटेश्वर प्रभागका प्रहरी अधिकारीहरुसँग देखिएको छ । यस सम्बन्धमा महाशाखाले अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका दुबैलाई आइतबार थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको महाशाखाले जनाएको छ ।
यस्तै बेवारिसे अवस्थामा फेला परेको बुलेट मोटरसाइकल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुझाएको महाशाखाले जनाएको छ ।
चन्द्रागिरी नगरपालिका-६ माहादेबस्थान बस्ने बाजुरा घर भएका २५ वर्षीय नबिन लोहारलाई ठक्कर दिई फरार भएका ना.५ ख ८४७४ नम्बर बस चालक सर्लाही हरिवन नगरपालिका-८ घर भएका ३४ वर्षी...
प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताका साथबाट नेपाली सेनाको युद्ध भैरब गणसँग सम्बन्धित महत्वपूर्ण...
पछिल्लो चार दशक लागूपदार्थको अन्तर्राष्ट्रिय ओसारपसार, बेचबिखन र कारोबारमा उत्तरी धादिङको एउटा गाउँ कुनै न कुनै रूपमा जोडिइरह्यो । सत्यदेवी गाउँको पाकिस्तान, दक्षिणपूर्वी...
प्रहरीले १६ वर्ष अघि मोटरसाईकलमा सवार ब्यक्तिलाई दिनदहाडै अपहरणगरि लुटपाटगर्ने गिरोहका नाईकेलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले ७ असोज २०६१ मा काठमाण्डौको जडिवु...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit