
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टचार भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा नेपालका लागि नवनियुक्त राजदूत हैदर शाहले शिष्टचार भेटवार्ता गरेका हुन् । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालका लागि राजदूतमा नियुक्त हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापन भएदेखि नै सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै उनले दक्षिण एसियाली छिमेकी मुलुक भएकाले दुई देशबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा नजिकबाट सहकार्य हुँदै आएको बताए । भेटमा तिमिल्सिनाले दुई देशको सरकार र संसदबीचको सम्बन्धलाई अझ मजबुद र फलदायी बनाउन नवनियक्त राजदूतको कार्यकाल सफल हुने विश्वास व्यक्त गरे ।
भेटवार्तामा राजदूत शाहले दुई देशको संसदीय सहकार्यलाई बढाउनका लागि छिट्टै भ्रमण तथा अनुभव आदन–प्रदान हुने विश्वास व्यक्त गरे । भेटका क्रममा राजदूत हैदर शाहले नेपाल र पाकिस्तानबीच गहिरो मित्रवत सम्बन्ध रहेको उल्लेख गर्दै सम्बन्धलाई अझ मजबुद बनाउन आफूले काम गर्ने प्रतिवद्धता जनाए ।
order tadalafil 5mg online - buy tadalafil 5mg online cheap buy cialis 20mg pills
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
order tadalafil 5mg online - buy tadalafil 5mg online cheap buy cialis 20mg pills