Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

पर्वातारोहीको कल्याण कोषमा सरकारको १० प्रतिशत रकम 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताएका छन् ।

 

आज कोभिड १९ बाट प्रभावितहरुको सहयोगका लागि आयोजित कार्यक्रममा उनले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताएका छन् । उनले पर्वतारोहीहरुकै कारण देश चिनिएको बताउँदै यसअघिका मन्त्रीहरुले पर्वतारोहीहरुको कल्याण कोषमा उक्त रकम नछुट्याउनु मन्त्रीहरुको दोष भएको बताएका छन् । उनले कोरोना भाइरसका कारण नेपाली पर्यटन क्षेत्रलाई ठूलो असर परेको भन्दै यसबाट मुक्ति पाउन अझै केही समय लाग्ने बताएका छन् । कोरोना महामारीका बेलामा पनि नेपालको पर्यटन क्षेत्रलाई कसरी अघि बढाउने भन्ने कुरा सबैले सोच्नुपर्ने पनि बताएका छन् ।

 

‘नेपाली पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा ल्याउनका लागि अझै केही समय लाग्ने देखिएको छ । हालै मात्र दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्टले फेरि पनि अवस्था भयावह हुने हो कि भन्ने चिन्ता थपेको छ । यसप्रति विश्वका अन्य देशहरुले गरेका सावधानीका विभिन्न उपाय नेपालमा पनि अपनाइएका छन् । नेपाल सरकारले पनि त्यस क्षेत्रमा आउने व्यक्तिहरुलाई क्वारेन्टाइन, बस्नुपर्ने व्यवस्था गरेको छ’  उनले भने ।

 

‘नेपाली पर्यटन क्षेत्रलाई यो महामारीकै बीच कसरी अघि बढाउने भन्ने बारे सोच्नु हामी सबैको जिम्मेवारी हो । हामी सबै मिलेर नेपाली पर्यटन क्षेत्रलाई फेरि पनि चलायमान बनाउने प्रयासमा लागि पर्नेछौँ । त्यसमा मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोग लागि मन्त्रीको हैसियतले म सधैँ तयार छु । वेल्ड फील्डका कुराहरु आएका छन्, यसमा विगतका मन्त्रीज्यूहरुको त्यसमा दोष हुनसक्छ । तपाईहरुले गर्दा देश चिनिएको छ, तपाईहरुको १० प्रतिशत रोयल्टीबाट १० प्रतिशत वेल्ड फेयरमा छुट्याउन किन सरकारले कन्जुस्याँइ ग¥यो त ? तपाईहरु आउनुस्, सरकारले एक इन्चि पनि कम हुँदैन । तपाईहरु धन्यवादको पात्र हुनुहुन्छ, यत्रो आफ्नो ज्यानलाई दाउमा लगाएर हिमाल चढ्नुहुन्छ, जुनसुकै बेला पनि दुर्घटना हुनसक्छ’ उनले भने ।

 

उनले नेपाल एयरलाइन्सलाई विगतदेखि नै खाने भाँडो बनाएको भन्दै सरकारको ध्वजाबाहक एयरलाइन्सभित्र रहेका फोहोर सफा गर्दा आफैँ हैरान बनेको बताएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै