
सभामुख अग्निप्रसाद सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताएका छन् ।
१४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता अनुसार पुष १८ गते भित्र संसद अधिवेशन आव्हान हुने बताएका हुन्।
सभामुख सापकोटाले अवको अधिवेशन नयाँ ढंगले क्रमभंग गरेर चलाउनुपर्ने बताए ।
उनले भने ‘हामी विधेयक अधिवेशनको तयारी गर्दै छौं । अव पुष १७–१८ गते बेलाउनै पर्ने संवैधानिक बाध्यता छ । त्यो माथि अलि नयाँ ढंगले चलाउनुपर्छ । म आग्रह गर्न चाहन्छु की हामीले संविधान क्रमभंग गरेरै बोलाउनुपर्छ ।’
कोभिड–१९को संक्रमणका कारण संसद अधिवेशन प्रभावित हुन नदिन पनि संसद सचिवालयले विशेष तयारी गरिरहेको सभामुख सापकाटाले जानकारी दिए । उनका अनुसार परम्परागत रुपमा संसद चलाउन सम्भवन नभएकोले केही रुपान्तरण गर्नुपर्ने हुनेछ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिडका कारण बन्द रहेको संसद र समितिका बैठकहरु सधैभरी रोकेर बस्न नहुने बताए।
कोभिडको यो स्थिति कहिले सम्म रहन्छ, थाहा नभएकाले स्वास्थ्य मापदण्डलाई पालना गर्दै बैठक चलाउनुपर्ने उनको भनाई थियो।
उनले अहिले सम्म संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुमा पनि कोभिड संक्रमण देखा परेको स्थिति भएकाले उच्च सावधानी अपनाउन जरुरी रहेको बताए ।
कोभिड कै कारण संसद बैठक बिचैमा रोक्नुपर्ने स्थिति आउने भएकाले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले संघीय संसद सेवामा रहेका कर्मचारीहरुको कानून निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताइन्।
संघ प्रदेश र स्थानीय तहमा निर्माण हुने कानूनहरुका लागि समन्वय गर्न पनि संसद सचिवालयका कर्मचारीहरुको भूमिका महत्वपूर्ण भएको उनको भनाई थियो ।
संघीय संसद सचिवालयलले विभिन्न कार्यक्रम आयोजना गरी ‘१४ औं संघीय संसद सेवा दिवस–२०७७’ मनाएको हो ।
२०५८ मंसिर २८ गते संसद सेवालाई निजामति सेवाबाट अलग गरी संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गते देखि संसद सेवा दिवस मनाईदै आएको छ ।
२०५८ देखि २०६३ को बिचमा संसद नै नरहेको कारण संसद सेवा दिवस मनाइएको थिएन ।
संवैधानिक परिषद् बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठकको कामकारवाही अघि बढन सकेन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit