Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । 

 

बुधबार साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाट शाह चढेको हेलिकोप्टर आकस्मिक अवतरण  गरिएको हो ।

 

काठमाडौँबाट भरतपुरतर्फ जान लागेका पूर्व युवराज चढेको इयर डाइनेष्टीको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । 

 

उनले मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै