Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सभामुख सापकोटासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट

सभामुख सापकोटासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले बिहीबार शिष्टाचार भेट गरेका छन् ।

 

सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत शाहलाई सफल कार्यकालको शुभकामना दिए । सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६१ वर्ष लामो कूटनीतिक सम्बन्धमा कहिल्यै तिक्तता नआएको बताउँदै दुई देशका जनताबीचको सम्बन्ध अझ पुरानो रहेको चर्चा गरे ।

 

उनले निर्मल पूर्जा मगर नेतृत्वको नेपाली हिमाल आरोहीले यसै वर्ष पाकिस्तानको केटु हिमाल आरोहणमा प्राप्त गरेको ऐतिहासिक सफलतापछि पाकिस्तानका प्रधानमन्त्री, सेना प्रमुख लगायतले गर्नुभएको न्यानो स्वागत र प्रदान गर्नुभएको हौसलाका लागि आभार व्यक्त गरे ।

 

सङ्घीय संसद्मा नेपाल–पाकिस्तान संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले संसद्–संसदबीचको सम्बन्धलाई थप विकास, विस्तार र सुदृढीकरण गर्दै दुवै देशको समृद्धिका सम्भावना खोज्दै अघि बढ्न सकिने बताए । उनले दुई देशबीच कृषि, जलविद्युत्, पर्यटन, सूचना–प्रविधिलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औँल्याए ।

 

राजदूत शाहले दुई देशबीच औपचारिक सम्बन्धले छ दशक पार गरेको र जनताजनताबीच लामो ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहेको चर्चा गरे । उनले आफ्नो कार्यकालमा नेपालमा व्यापारलगायत क्षेत्रमा सहकार्यका लागि गुणात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

पर्वतारोहण, जलविद्युत्लगायत क्षेत्रमा सहकार्यका सम्भावना खोज्न पहल गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

इजरायलमा ‘केयर गिभर’ लैजाने प्रक्रिया आउने महिनाबाट सुरु हुन्छः राजदूत गोडेर

नेपाल र इजरायलबीच दौत्य सम्बन्ध कायम भएको यो वर्ष ६० वर्ष पुरा हुँदैछ । यो सम्बन्धलाई विश्वको अग्लो स्थान सगरमाथा र विश्वको होचो स्थान मृत सागर बीचको सम्बन्ध पनि मानिन्छ...

चैत १३, २०७७