
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । एसोसिएसनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
कोरोना महामारीका कारण गत वर्ष रोकिएको एसोसिएसनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका थिए । शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी नवीन श्रेष्ठसहितको प्यालनलाई हराउँदै प्रधान नेतृत्वको प्यानल निर्वाचित भएको हो । प्रधान यसअघि पनि एसोसिएसनका अध्यक्ष थिए ।
वरिष्ठ उपाध्यक्षमा सुनिलकुमार गुरुङ, प्रथम उपाध्यक्षमा विनोदकुमार चौरसिया, द्वितीय उपाध्यक्ष सुनिलकुमार विडला, सचिवमा हिमाल गैरे र सहसचिवमा श्यामकुमार बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया निर्वाचित भएको एशोसिएशनले जनाएको छ । अध्यक्ष, महासचिव र कोषाध्यक्ष गरी तीन पदका लागि मतदान भएको थियो । यस्तै कार्यकारी सदस्य (नेपालभरबाट) मा भूपालराज कटुवाल, बाबुराम जमरकट्टेल, चन्दनकृष्ण श्रेष्ठ, गणेशबहादुर सिलवाल, गोपाल श्रेष्ठ, गोकर्णराज खड्का, हरिराम कसौधन र ईश्वर लामा निर्वाचित भएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit