
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालल केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् ।
काठमाडौंमा नेपाल विकास अनुशन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ती, महामारीले चुनौती थपे पनि विकासको लक्ष्य भेट्ने बताएका हुन् ।
नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहे पनि सन २०३० को अन्त्य सम्म दीगो विकासका लक्ष्य भेट्टाउने दृढता व्यक्त गरे । नेपालमा विकास अनुसन्धान प्रतिष्ठान जस्ता संस्थाहरुले नेपालको विकासको सम्भावना र चुनौती पहिल्याउन, सुझाव दिन, नीति निर्माण बनाउन ठूलो भूमिका खेल्न सक्ने पनि उनले बताए ।
नेपालको विकासमा अध्ययन अनुसन्धानको ठूलो महत्व रहेको भन्दै मन्त्री ज्ञवालीले भइरहेको विकासको अडचन फुकाउन पनि यस्ता संस्था सहयोगी हुने धारणा राखे । नेपालले २००४ मा स्थापना गरेको विकास अनुसन्धान प्रतिष्ठानले सरकार र सरकारका विभिन्न निकायलाई नीतिगत सहयोग गर्दै आएको छ ।
विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई संस्थागत संरचनामा गोलबन्द गरी विकास निर्माण, योजना तर्जुमा, जलवायु परिवर्तन, गरिवी निवारण, प्राकृतिक विपत्ती न्यूनिकरण जस्ता क्षेत्रमा नीतिगत सुझाव दिँदै आएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit