Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

ओली र दाहालबीच वान टु वान वार्ता, नेपाल पनि पुगे दाहाललाई भेट्न

ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शनिवार खुमलटार पुगेका छन् । पछिल्लो समय पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली दाहाल निवास पुगेका हुन् ।

 

दुई अध्यक्षबीच ‘वान टु वान’ वार्ता भएको दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले जानकारी दिए । प्रधानमन्त्रीसँग नेकपा उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए । अहिले प्रधानमन्त्री ओली र गौतम खुमलटारबाट फर्किसकेका छन् । दाहालसँगको भेटलगत्तै प्रधानमन्त्री ओली अहिले गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्रीनिवास पुल्चोकमा पुगेका छन् ।

 

प्रधानमन्त्री फर्किए लगत्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल दाहालसँग भेटघाटका लागि खुमलटार पुगेका छन् । पछिल्लो समय अध्यक्ष दाहाल तथा नेता नेपाल पक्षले प्रधानमन्त्रीको कार्यशैलीमाथि आलोचना गर्दै आएको छ । आइतबार नेकपाको स्थायी कमिटी बैठक डाकिएको छ ।     
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै