Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवर्द्धन गर्न सरकार तत्पर छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताएका छन् ।

 

 

बिहिबार तमु ल्होसारको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले तमु समुदायको भाषा, संस्कृति, संविधानको संरक्षण, संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताएका हुन् । उनले आजको पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पु-याउँदै आएको योगदानलाई उजागर गर्न र सो समुदायको सभ्यता र संस्कृतिलाई अरु समुदाय समक्ष चिनाउन मद्दत गर्ने बताएका छन् । उनले ल्होसार पर्वले तमु समुदायहरुमा विभिन्न वर्ग, सँस्कृति, समुदाय र क्षेत्रसँग सम्वद्ध नागरिकको बीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।

 

 

 

‘आजको पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पु-याउँदै आएको योगदानलाई सबै सक्षम उजागर गर्न र यस समुदायको सभ्यता र संस्कृतिलाई अरु समुदायसमक्ष चिनाउन मद्दत गर्ने विश्वास लिएको छु । यो पर्वले काठमाण्डौ उपत्यका भित्र र बाहिर रहेका तमु समुदायहरु विभिन्न वर्ग, संस्कृति, समुदाय र क्षेत्रसँग सम्वद्ध नागरिकको बीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता, सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको छु । तमु समुदायको भाषा, सँस्कृति, संविधानको संरक्षण संवर्द्धन गर्न नेपाल सरकारले सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु’ उनले भने ।

 

 

गुरुङ समुदायले पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गर्छन् । पुरानो वर्षलाई बिदाइ गरेर नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै