
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधिन एमसिसी सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शनिबार संसदमा प्रतिनिधित्व गरेका दलहरुको छलफलमा उनले लामो समय देखि संसदमा विचाराधिन रहेको एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) सम्झौतालाई पास गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।
बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले एमसीसीलाई अघि बढाउन सहयोग गर्न आग्रह गरेको र केही दलबाहेक अन्य दलहरु त्यसमा सकारात्मक रहेको जानकारी दिए ।
उनले भने ‘एमसीसी पास गर्नै कि नगर्ने संसदलाई अधिकार छ । तर सभामुखले तजबिजी अधिकार प्रयोग गरेर जुन तजबीजी अधिकार उहाँसंग छैन,त्यसलाई लामो समय सम्म रोक्न मिल्दैन भन्ने कुरामा सबै दलहरुको साझा धारणा रह्यो । केही दलहरु एमसीसीप्रति आलोचक पनि हुनुहुन्थ्यो । उहाँहरुले एमसीसी प्रतिका केही आशंकाहरु प्रकट गर्नुभयो । तर संसदले जे गर्छ बिजनेस चाही रोक्न मिल्दैन भन्ने विषयमा सबैले कुराकानी गर्नुभएको छ । यो विषयमा सभामुख र कार्यव्यस्थामा छलफल गरेर टुंगोमा लैजानु पर्छ। ’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि एमसीसीलाई अघि बढाउने सम्बन्धमा आफुहरु सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ । कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई टेबल गर्छौ भनेर कार्यव्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताए । उनले एमसीसी लाई अघि बढाउने मात्रै नभई संसदलाई बिजनेस दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई भनेको बताए ।
नेता पौडेलले भने ‘हामीले हाम्रो कुरा प्रष्टसंग राख्यौ । कोभिडको बारेमा सरकार गम्भीर हुनुपर्यो । लकडाउनतिर जान भन्दा कोभिडको रोकथामतिर जानुपर्छ । उपचारका लागि आईसोलेसन सिटहरु बढाएर राख्नुपर्छ । रोकथामका विधिहरुमा सरकारले पुरा ध्यान दिएर जनतालाई सचेत बनाउनुपर्छ भन्यौ । हामीले भन्यौ –उपनिर्वाचन र उपसभामुखको निर्वाचन पनि गर्ने । किन रोकिएको छ ?’
उनले संसदलाई बिजनेस किन दिईएको छैन ? राष्ट्रियसभा किन बोलाईएन ? संसदलाई अपांग किन राखियो ? संसदलाई अपांग राख्ने काम किन भएको छ सरकारबाट हामीलाई गम्भीर आपत्ती छ । व्यवस्थालाई महत्व दिनुपर्यो सत्तालाई भन्दा । खाली आफ्नो कुर्सी बचेमात्रै व्यवस्था बच्ने नभए नबच्ने भन्ने कुरा तर्फ जान भएन त्यसकारण व्यवस्थालाई ध्यान दिउँ । व्यवस्थामाथि खेलवाड किन हुन्छ ? भन्ने प्रश्न हामीले उठाउका छौ । अहिलेको गतिरोधलाई हामीले निकास दिनुपर्छ । एसिसीका बारेमा पनि हामीले प्रष्ट राखेका छौ । हामीले संसदमा छलफलमा ल्याउनुहोस् भनेका छौ । कार्यव्यवस्था बोलाउँ । सरकार पनि आओस् न त अगाडि । सरकारले आफ्नो बिजनेसका लागि हामी टेबल गर्छौ भनेर कार्यव्यवस्थामा प्रस्तुत होस् । अपोजिस पार्टी हामी त तयारै छौ भन्ने समेतका बिषय बैठकमा राखेको बताए ।
प्रधानमन्त्रीले राजनीतिक विषयमा राष्ट्रिय सहमति कायम गर्ने र कोभिड महामारीबाट जोगिने बारे धारणा मागेको र आफुहरुले पदप्रति
भन्दा पनि व्यवस्थाप्रति गम्भीर हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी उनले दिए । नेता पौडेलका अनुसार, संसदलाई बिजनेस विहिन नबनाउन र एमसिसि सम्झौतालाई संसदमा टेलब गरि छलफलमा ल्याउन पनि कांग्रेसले अनुरोध गरेको छ । त्यसैगरी कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न, उपनिर्वाचन र उपसभामुखको निर्वाचन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार, बैठकमा प्रधानमन्त्री ओलीले मुलुकका साझा समस्या समाधान गर्न आफु सधै तयार रहेको, वर्तमान सरकार राष्ट्रियहितको पक्षमा दृढतापुर्वक उभिएको र राष्ट्रियताको सवालमा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पारेका थिए । उनले पछिल्लो समय राजनीतिक स्थिरतालाई खलबल्याउने, मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने र राजनीतिक प्रणालीलाई कमजोर गर्ने खालका प्रवृत्तिहरु देखा परेको भन्दै लोकतान्त्रिक शक्तिहरुले त्यस क्रियाकलापलाई निरुत्साहीत गर्नुपर्ने धारणा राखेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।
‘पछिल्लो समय राजनीतिक स्थिरतालाई खलबल्याउने, मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने, राजनीतिक प्रणालीलाई कमजोर गर्ने खालका प्रवृत्तिहरु देखा परेका छन् । लोकतान्त्रिक शक्तिहरु यसप्रति सजग हुनुपर्छ र यस्ता क्रियाकलापलाई निरुत्साहीत गर्नुपर्छ,’ मन्त्री ज्ञवालीले भने ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा कोरोना महामारी विरुद्धको प्रतिकार्य, रिक्त भएका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र केही स्थानीय तहका स्थानमा गर्ने उपनिर्वाचन र संसदमा अड्किएको बिजनेसका विषयमा सर्वदलिय बैठकमा छलफल भएको र राजनीतिक दलका नेताहरुले कोरोना महामारीको रोकथाममा सरकारले अझै सचेतता अपनाएर प्रभावकारी ढंगले काम गर्न सुझाव दिएको बताए । नेताहरुले आवश्यक परे अति प्रभावित स्थानका विद्यालय बन्द गरेर , धेरै भीडभाड हुने जात्रा लगायतमा भीडभाड कम गर्न सार्वजनिक अपिल गर्नुको साथै प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएको त्यसमा आफुहरुको साथ सहयोग रहने बताएका थिए ।
बैठकमा सहभागी नभएको नेकपा माओवादी केन्द्रका सम्बन्धमा भने उनले “उहाँहरुले थाहा पाउनुपर्छ उहाँहरु नहुदा पनि देश चाहीँ चल्छ ।”भन्ने तिखो टिप्पणी गरे ।
उनले भने ‘उहाँहरु किन आउनुभएन । किन यस्तो गैह जिम्मेबार हुनुभयो भन्ने कुरा उहाँहरुले जान्ने कुरा हो । उहाँहरुले थाहा पाउनुपर्छ उहाँहरु नहुदा पनि देश चाहीँ चल्छ । ”कर्णाली प्रदेशमा सांसदहरुबाट भएका फ्लोर क्रसका सम्बन्धमा संञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, 'संसदीय प्रणालीमा व्हीप उलंघन र फ्लोर क्रस अक्ष्यम्य कुरा हो । क्षम्य हुन सक्क्तैन ।’
बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी थिए ।
buy generic cialis 40mg - tadalafil 40mg over the counter buy cialis 5mg sale
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
buy generic cialis 40mg - tadalafil 40mg over the counter buy cialis 5mg sale