Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

ओलीलाई इतिहासले कठोर कारबाही गर्नेछ : योगेश भट्टराई

फाइल तस्बिर


नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासले कठोर कारबाही गर्ने बताएका छन् । बुधवार सुरु हुने वरिष्ठ नेता माधव नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले इतिहासले ओलीलाई निर्मम कारबाही गर्ने बताएका हुन् ।

 

‘आज उहाँले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ । हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध भएका छौं । इतिहासले तपाईंलाई पनि कठोर कारबाही गर्नेछ र त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन्,’ उनले भने । 

 

भट्टराईले आफूहरु ओलीको कारबाही भोग्न आफूहरु तयार रहेको पनि बताए । ‘धम्कीको भाषा नाबोलौं, दुई वर्ष बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदका गन्ध नफैलाउनुस्,’ उनले भने ।
 

प्रतिक्रिया

1
  • Hgdgvq

    फाल्गुण ३, २०७८

    tadalafil generic name - cialis discount cheap tadalafil generic

प्रतिकृया थप्नुहोस्
  • Hgdgvq

    फाल्गुण ३, २०७८

    tadalafil generic name - cialis discount cheap tadalafil generic

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै