Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सक्रिय राजनीतिमा फर्किन महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । आजदेखि लागू हुने गरी खरेलले राजीनामा दिएका हुन् । 

 

खरेलले आज पत्रकार सम्मेलन गरेर राजीनामाबारे जानकारी दिएका हुन् । राजीनामापछि खरेल फेरि सक्रिय राजनीतिमा फर्किने भएका छन् । 

 

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको सल्लाहपछि राजीनामा दिई उनी पार्टीको जिम्मेवारीमा फर्किन लागेका हुन् ।

 

खरेल एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै