Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

बैतडीमा मावली आएका भान्जाकाे मामाले गरे हत्या  

मावलीघर आएका भान्जाकाे मामाले हत्या गरेका छन् । हतौडा प्रहारबाट बैतडीमा उनकाे हत्या भएको छ ।  दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । 

 

महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेकाे  खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए । मामाघर दोगडाकेदार आएका महेशमाथि नारायणले शनिबार बिहान साढे ११ बजेतिर घरमै  हतौडा  प्रहार गरेका हुन् । हतौडा प्रहार भएलगत्तै महेशको घटनास्थलमै मत्यु भएको हो । 

 

के कति कारणले महेशको हत्या भयो भन्नेबारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएको बताइएको छ ।  सो चौकीका प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।  घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थल जाने तयारीमा छ । 

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै