Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

लायन्स क्लबको अनियमितताबारे खबर बनाउँदा एभिन्यूजकर्मी ढुंगानालाई धम्की

पत्रकार सुमन ढुंगाना र लायन्सका पदाधिकारी मनबहादुर रोका


गैरसरकारी संस्था लायन्स क्लबभित्रको अनियमितताबारे समाचार प्रसारण गरेका एभिन्युज टेलिभिजनका पत्रकार सुमन ढुंगानालाई धम्की आएको छ ।

 

लायन्स क्लबको डिस्ट्रिक ३२५ बी वानका गभर्नर मनबहादुर रोकाले धम्की दिएको ढुंगानाले पर्दाफासलाई बताए । सोमबार बेलुकी प्रसारण हुने ‘खबरभित्रको खबर’ कार्यक्रमको प्रोमो बजेपछि रोकाले फोन गरेर धम्की दिएका हुन् ।

 

‘पैसाको बार्गेनिङ गर्न पीत पत्रकारिता गरेको भन्दै लायन्सका पदाधिकारी रोकाले धम्की दिनुभयो,’ ढुंगानाले भने, ‘बरु रगतले खबर लेख्न तयार छु, तर कायर मान्छेहरुसँग डराउँदिनँ ।’

 

उनले आफूमाथि लगाएका आरोप पनि पुष्टि गर्न चुनौती दिए । 

 

कार्यक्रममा समाजसेवाका नाममा लायन्सले गैरकानुनी धन्दा चलाइरहेको, कानुनविपरीत करोडौं रकम विदेशिने गरेकोलगायत खुलासा गरिएको छ ।   

प्रतिक्रिया

सम्बन्धित समाचार सबै