Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

२४ वर्षीय भाउजु अनिताको हत्या आरोपमा देवर पक्राउ

मोरङको रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा मृतकका देवरलाई प्रहरीले पक्राउ गरेको छ । 

 

अनिताको हत्याको आरोपमा प्रहरीले १९ वर्षीय बिनोद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित तिलुवा चोकको नहरमा बुधबार बिहान अनिताको शव फेला परेको थियो । 

 

शव पाइएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा मृतकसहित ४ जनालाई नियन्त्रणमा लिएकोको थियो । 

 

 

अनुसन्धानको क्रममा अनिता र विनोदबीच विवाद भई झै-झगडा हुँदा मंगलबार राति विनोदले दाउ प्रहार गर्दा अनिताको घटनास्थलमै मृत्यु भएको खुल्न आएको छ ।

 

लगत्तै विनोदलाई पक्राउ गरि उनी उपर मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै