
कोभिड १९ को कारण गत चैत ११ गतेदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । महानगरले भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयलाई अनुमति दिएपछि आइतबारदेखि केही विद्यालय खुलेका हुन् ।
कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेर विद्यार्थीहरुको चाप घटाएका छन् । विजय स्मारक माध्यामिक विद्यालयका प्रध्यानाध्यापक डिल्लीप्रसाद शर्माले आइतबारदेखि आफ्नो विद्यालय भौतिक रुपमा पठन पाठन गर्नेगरी खुलेको जानकारी दिए ।
नर्सरीदेखि कक्षा ५ सम्म एक सिफ्ट र ५ कक्षादेखि १० कक्षासम्म अर्को सिफ्ट गरिएको प्रधानाध्यापक शर्माले बताए ।
महानगरका सबै विद्यालय खुल्न भने अझै केही दिन लाग्ने भएको छ । कतिपय विद्यालयले भने पूर्वतयारी गरिरहेको र महानगरको औपचारिक पत्र प्राप्त नगरेको जनाएका छन् । केही दिनपछि पठनपाठन सञ्चालन गर्ने उनीहरुको तयारी रहेको छ ।
रत्नराज्य माध्यामिक विद्यालयका प्रध्यानाध्यापक रामाशिस यादव शिक्षक र विद्यार्थी विद्यालय आउन उत्सुक भए पनि पूर्वतयारी गर्न समय लाग्ने भएकाले केही दिनमा विद्यालय खोल्ने बताउँछन् । कतिपय विद्यालयले अनलाइन प्रणालीमार्फत कक्षा सञ्चालन गरिरहेका थिए ।
भौतिक रुपमा विद्यालय सञ्चालन गरिएसँगै विद्यार्थीहरु मास्कको प्रयोगसहित विद्यालय जान थालेका छन् ।
सशस्त्र प्रहरीले बाँके कोहलपुर नगरपालिका–२ बर्दवामा एपिएफ स्कुल स्थापना गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार सुरुवात गरेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit