Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

कांग्रेस संकटमा छैन, आफैंलाई कमजोर नबनाऔं : सभापति देउवा 


कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् । कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको १३औ दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले पार्टी संकटमा नरहेको पनि बताए ।

 

नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिले पनि संकटमा नरहेको धारणा राखे । उनले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गरे । 

 

‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन । आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउदै गएका छौं,’ उनले भने ।

 

जोशीको निधनले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको उनले बताए । जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको उनको भनाइ थियो । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधले पार्टीमा अपूरणीय क्षति पुगेको बताए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

विप्लवका कार्यकर्तासँग भेटियो सेनाको युद्ध भैरब गणका कागजपत्र, अनुसन्धानगर्दै प्रहरी

प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताका साथबाट नेपाली सेनाको युद्ध भैरब गणसँग सम्बन्धित महत्वपूर्ण...

चैत २५, २०७७