
प्रहरीले सहायक निरीक्षकको आधारभुत तालिमको पाठयक्रम म्यानुल निर्माण सम्बन्धी दुईदिने कार्यशाला बिहीवारबाट सुरु भएको छ । विज्ञहरु सहितको कार्यशाला राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुरु भएको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले पाठ्यक्रमको म्यानुअललाई अन्तिम रुप दिन गोष्ठीको आयोजना गरिएको जानकारी दिँदै म्यानुअलले उक्त तालिमलाई सहज तरिकाले अगाडि बढाउन मद्दत पु¥याउने बताए ।
उनले नेपाल प्रहरीको प्रशिक्षण कार्यको लामो इतिहासलाई व्यावसायिक र निश्चित पद्वतीमा रहेर सबै प्रशिक्षण संस्थामा एकै प्रकारको व्यावसायिक तालिम प्रदान गर्ने विश्वासका साथ म्यानुल बनाउन छलफल थालिएको बताए ।
कार्यशालामा सहभागी काठमाडौं युनिभर्सिटी स्कूल अफ एजुकेशनका एसोसिएट डिन प्राडा लक्ष्मण ज्ञवालीले म्यानुअल निर्माण प्रक्रियाबारे जानकारी दिँदै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम प्रदायकलाई विस्तृत रुपमा निर्माण भएको यस म्यानुअलले पूर्ण सहयोग गर्ने बताए ।
उक्त कार्यशाला गोष्ठीमा विभिन्न प्रहरी कार्यालयका २० जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ ।
अमेरिकी श्रम विभागको तथ्यांक अनुसार इराक र अफगानिस्तान युद्धमा घाइते वा मृत्यु भएका ३०० नेपालीले अहिलेसम्म क्षतिपूर्ति माग गरेका छन् । तर हजारौं नेपाली संलग्न यो युद्धमा...
नेपाली सेनाले दक्षिण सुडानको क्युइबेटमा सम्भावित ठुलो जातिय हिंसा रोक्नमा सफलता पाएको छ ।
सशस्त्र प्रहरी बलले पर्सामा हुने अवैध ओसारपसारको मुख्य केन्द्र मानिने ठोरीमा बोर्डर आउट पोष्ट स्थापना गरेको छ । ऐतिहासिक यो क्षेत्र भारतले नेपालमा चारवर्ष अघि लगाएको अघोष...
गृहसचिव महेश्वर न्यौपानेले बाहिनीपतिको रुपमा काज सरुवा भएर त्यसतर्फ खटिई जान लागेका ८ डीआईजी र एक एसएसपीलाई हल्चोक पुगेर निर्देशन दिएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit