Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

राष्ट्रिय सभा उपनिर्वाचनको उम्मेदवारी दर्ता आज, बादल र देवकोटाबीच भिडन्त

राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने एक सदस्यको रिक्त पदका लागि हुने उपनिर्वाचन कार्यक्रमअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ ।

 

राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई नेकपा माओवादी केन्द्र पदमुक्त गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । 

 

बागमती प्रदेशको राजधानी हेटौंडामा हुने निर्वाचन कार्यक्रमअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयले मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ ।

 

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा बागमती प्रदेश सभा सदस्य ११० जना र बागमती प्रदेशका ११८ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय २८ जनाले मतदान गर्नेछ्न ।

 

प्रदेश सभा सदस्यको १ मत बराबर ४८ मतभार रहेको छ भने नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षको १ मत बराबर १८ मतभार रहेको छ ।

 

बागमती प्रदेशको ११० मतसंख्या बराबर ५२८० मतभार र स्थानीय तहको प्रमुख, उपप्रमुख २३८ मतसंख्याको ४२८४ मतभार रहेको छ । प्रदेशमा ३ सय ४८ जनाले मतदान गर्नेछन् जसको मतभार ९ हजार ५ सय ६४ रहनेछ । 

 

मतदान कार्यक्रम आगामी जेठ ६ गते हेटौंडास्थित भुटनदेवी माविमा हुनेछ । भुटनदेवी मावि परिसरमा २ मतदान केन्द्र तोकिएको छ । प्रदेश सभा सदस्यको लागि मतदान केन्द्र क र नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षको लागि मतदान केन्द्र ख रहने गरी आयोगले तोकेको छ ।   


बादल र देवकोटाबीच प्रतिस्पर्धा

बागमती प्रदेशमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादल र विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटाबीच प्रतिस्पर्धा हुनेछ । 
 

बादल प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीका उम्मेदवार हुन् भने देवकोटालाई माओवादी केन्द्र, कांग्रेस, जसपा तथा  एमाले भित्रकै झलनाथ खनाल- माधव नेपाल समूहको उम्मेदवारका रुपमा उभ्याईंएको छ । 


देवकोटा माओवादीको चुनाव चिह्नबाट बादलसँग प्रतिस्पर्धा गर्नेछन् । 
 

बागमती प्रदेशसभामा रहेका १ सय १० जना सांसद मध्ये एमालेका ५७ जना सांसद छन् । त्यसमध्ये नेपाल समूहले आफ्नो पक्षमा २२ जना सांसद रहेको दाबी गर्दै आएको छ । त्यसबाहेक माओवादी केन्द्रका २३ र कांग्रेसका २२ जना सांसद छन् ।

 

अहिलेसम्मको समिकरण अनुसार माधव नेपाल समूहका सांसदलाई छोड्ने हो भने बादलको पक्षमा ३५ जना सांसद हुन्छन् । विपक्षी गठबन्धन कांग्रेस, माओवादी, एमालेको  नेपाल समूह र जसपाका ६८ जना सांसद देवकोटाको पक्षमा देखिएका छन् ।


स्थानीय तहका मतदाताहरूमध्ये सिंगो एमालेका मतदाता १ सय ३३ जना छन् । कांग्रेसका ६७, माओवादी केन्द्रका ३३ र जसपाका १ जना छन् । मतदान गर्न पाउने स्थानीय तहका मतदाता २ सय ३८ मध्ये एमालेसँग १ सय ३३ छन् । तर त्यसमा माधव नेपाल समूहका कति छन् खुलेको छैन ।

 

अहिले विपक्षी गठबन्धनसँग भने १०१ जनामात्रै देखिएपनि माधव नेपाल समूह थपिएमा त्यो संख्या अझै बढ्नसक्छ । 

 

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुन्छ । 

 

यही अवस्था रहेमा बादलभन्दा देवकोटाको पल्ला भारी देखिन्छ । यसमा माधव नेपाल समूहको ठूलो भूमिका रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

संसदको हिँउदे अधिवेशन पुस १८ मा बोलाउने तयारी 

१४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता अनुसार पुष १८ गते भित्र संसद अधिवेशन आव्हान हुने बताएका ह...

ब‌ैशाख २४, २०७८