Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

हरियाली प्रवर्द्धन र समावेशी विकासका लागि नेपाललाई जर्मन सरकारको १० मिलियन युरो सहयोग


हरियाली प्रवर्द्धन र समावेशी विकासका लागि जर्मन सरकारले नेपाललाई १० मिलियन युरो अनुुदान दिने भएको छ । बुधबार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

 

राजदूत सेइफेरले उक्त सहयोग नेपालको ग्रामीण क्षेत्रमा केन्द्रित हुने जनाए । साथै, नीति र सार्वजनिक क्षेत्रलाई ग्रिड जोडिएको सोलार फार्म विस्तार गर्न, सोलार इरिगेसन विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न सहयोग गर्ने पनि जनाइएको छ ।

 

उनले वातावरणमैत्री प्रविधिका क्षेत्रमा सहकार्य गर्ने जनाए । विश्वव्यपारी रुपमा भइरहेको ऊर्जा क्षेत्रले ग्रिन हाउस ग्यास उत्सर्जनको चुनौती सामना गर्न र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्नका लागि सबै मुलुक एक ठाउँमा आउनुपर्ने उनको भनाइ छ । 

 

‘यो सहयोगमार्फत जर्मनीले नेपाललाई आर्थिकरुपमा चुनौतीपूर्ण रहेको अवस्थामा ऐक्यबद्धता जनाएको छ र जर्मनीलाई जलवायु परिवर्तनले खडा गरेको चुनौती सामना गर्न विश्वव्यापीरुपमा भएको प्रयासलाई सहयोग गरेको छ,’ राजदूत सेइफेरले भने ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै