Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

प्रधानमन्त्री ओलीले बेलायती समकक्षीलाई मागे खोप सहायता

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी बोरिस जोन्सन कोभिड–१९ महामारीविरुद्ध खोप सहायता उपलब्ध गराउन आग्रह गरेका छन् ।


बीबीसीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपाली गोर्खाली सैनिकले बेलायतका लागि दिएको महत्वलाई स्मरण गराउँदै बेलायतले नेपाललाई खोपका लागि प्राथमिकतामा राख्नुपर्ने धारणाा राखेका छन् । 


'बेलायत नेपालको सदियौं पुरानो मित्र राष्ट्र हो । पुरानो मित्र भएको नाताले पनि मैले सिधै आग्रह गरेको हुँ,' ओलीले भनेका छन्, 'आफ्नो ज्यानलाई जोखिममा राख्दै गोर्खालीले बेलायतको सेवा गरिरहेका छन् । अहिले विपदको बेला बेलायतले सहायता दिने आशा राखेको छु ।'

 

खोपलाई नाफाका लागि प्रयोग गर्न नहुने प्रधानमन्त्रीले बताएका छन् । खोप मानवजातीको हितका लागि प्रयोग हुनुपर्नेमा उनले जोड दिएका छन् ।

 

बीबीसीका अनुसार बेलायती विदेश मन्त्रालयका प्रवक्ताले कोभ्याक्स संयन्त्रलाई ५४८ मिलियन पाउन्ड सहयोग गरेको र नेपालले त्यहीअन्तर्गत खोप सहायता प्राप्त गर्ने बताएका छन् ।

 

यो वर्षभित्र नेपालले खोप प्राप्त गर्ने बेलायती विदेश मन्त्रालयका प्रवक्ताको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै