Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

कंगोमा विद्रोहीको गोली लागेर नेपाली शान्ति सैनिक घाइते

कंगोमा विद्रोहीको गोली लागेर शान्ति सेनामा गएका एक नेपाली सैनिक घाइते भएका छन् । उनकाे अवस्था चिन्ताजनक रहेकाे छ । 

 

प्रमुख सेनानी निखिल कुँवरको कमाण्डमा सञ्चालन भएकाे खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोमा तैनाथ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत एक नेपाली सैनिक घाइते मंगलबार भएका हुन् । 

 

 

 

 

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले दिएको जानकारी अनुसार पहिला विद्रोहीको कब्जामा रहेको जमिनलाई उनीहरुबाट छुटाई नेपाली सेना उक्त स्थानमा पुगेको थियो । त्यसै क्रममा अज्ञात स्थलबाट विद्रोहीले चलाएको गोली लागी एकजना घाइते भएका हुन् । 


‘घाइते सैनिकलाई हेलिकप्टरमार्फत उद्धार गरी, बुनियामा रहेको  लेबल–२ अस्पतालमा उपचार भइरहेको छ’, पर्दाफाससँग उनले भने । उनका अनुसार घाइतेकाे अवस्था चिन्ताजनक रहेकाे छ । 

 

अप्रेशन बाली नाम दिइएकाे साे कारवाहीका  बाँकी सबै सदस्य सैनिक सुरक्षित रहेको सिलवालले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै