
अमेरिकी दूतावास काठमाडौंले विद्यार्थीसहित ७ प्रकारका भिसा जारी गर्न सुरु गरेको छ । विना अन्तरवार्ता नवीकरण गर्ने भिजिटर भिसा बीवान÷बी टु भिसा, सीमित संख्यामा क्रु मेम्बर सी वान÷डी भिसा, सिमित संख्यामा विद्यार्थी भिसा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिसा, मेडिकल वा अन्य आपतकालिन अवस्थाका अन्य गैरआप्रवासी भिसा जारी गर्न थालिएको हो ।
यस्तै सीमित संख्यामा कामदार भिसा एच र एलका लागि समेत भिसा अप्वाइन्टमेन्ट दिन थालेको छ । विद्यार्थी भिसा आवेदकका लागि विगतमा कोरोना महामारीका कारण शीघ्र अप्वाइन्टमेन्टको व्यवस्था खारेज गरिएकोमा अमेरिकी दूतावास काठमाडौंले उक्त व्यवस्था पुन लागु गरेको छ ।
विगत १२ महिनामा भिसा अस्वीकृत नभएको र कार्यक्रमको शुरु हुने अपेक्षित मितिको लागि कुनै अनलाइन अपोइन्टमेन्ट उपलब्ध नभएका विद्यार्थी भिसा र एक्सचेन्ज भिसाका आवेदकहरुले शीघ्र अप्वाइन्टमेन्ट लिनसक्नेछन् ।
त्यस्तै एकबर्ष वा लामो समय पढाई स्थगित गरेर पुन पढाई सुचारु गर्नका लागि अमेरिका फर्कन थालेका विद्यार्थी÷एक्सचेन्ज भिजिटरले समेत शीघ्र अप्वाइन्टमेन्ट लिन सक्नेछन् । शीघ्र अप्वाइन्टमेन्ट लिनका लागि सुरुमा डीएस १६० फर्म भरेर भिसा शुल्क तिर्नुपर्छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit