Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

यी दुई पाकिस्तानीले चढदै छन् अन्नपूर्ण हिमाल 

यस वर्षको वसन्तकालीन आरोहणको सिजनमा अन्नपूर्ण हिमाल आरोहणका लागि पाकिस्तानका दुई नागरिकले अनुमति पाएका छन् । आरोही सर्बाज खान र अब्दुल खानले अन्नपूर्ण आरोहण गर्ने भएका हुन् । उनीहरु अन्य २ व्यवस्थापन टिमसहित बिहीबार काठमाडौं आरोहणस्थलतर्फ लागेका छन् ।

 

उनीहरुलाई पाकिस्तानमा रहेका नेपाली राजदूत तापस अधिकारीले नेपाल प्रस्थानका क्रममा बिदाइ गरेका थिए । सो क्रममा अधिकारीले आरोहणको सफलताका लागि आरोहीहरुलाई शुभकामना दिएका थिए ।

 

कोभिड–१९ महामारीका कारण यस वर्ष पर्यटक विभागले आरोहणका लागि केही नयाँ नियमहरु ल्याएको छ । अब आरोहीले हिमाल आरोहण गर्न उपयुक्त भएको मेडिकल विवरण पनि पेस गर्नुपर्ने भएको छ । 

 


आरोहणमा जाने सहयोगी कामदारहरूलाई ‘क्लाम्बिङ गाइड’ मात्रै भनेर लैजान नपाइने भएको छ । आरोहण दलको व्यवस्थापन गर्ने कम्पनीले पर्वतारोहीसँगै जाने सरदार, पथप्रदर्शक, उचाइका कामदार, आधार शिविरका कामदार, स्थानीय कामदारको पद, नाम राखेर अनुमति लिनुपर्ने छ । त्यसैअनुसार बीमाको व्यवस्था गर्नुपर्ने विभागले जनाएको छ ।

 


यस्तै, आरोहणका क्रममा आपत्कालीन उद्धार गरिएका पर्यटक बिरामीलाई सुविधासम्पन्न अस्पतालमा मात्रै भर्ना गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै