Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

ॐ हस्पिटल सञ्चालक समितिको अध्यक्षमा डा. श्रेष्ठ सर्वसम्मत चयन


काठमाडौंको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार सम्पन्न साधारण सभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समितिको गठन गरेको छ ।

 

समितिको अध्यक्षमा डा. आनन्द प्रसाद श्रेष्ठ सर्वसम्मतबाट चयन भएका छन् । अन्य सञ्चालकहरुमा सरला रिजाल, शरदकान्त अधिकारी, टंक श्रेष्ठ, डा. हरि किशोर श्रेष्ठ, डा. राजेश किशोर श्रेष्ठ, डा.केशव प्रसाद सिंह, डा.गिसुप निख प्रसिको, डा.रिता सिंह हमाल, डा.सरोज सेढाईं र डा.अनिश मुडभरी निर्वाचित भएका छन् ।

 

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूले पाएको जिम्मेवारीलाई ध्यानमा राखेर अस्पतालमा संस्थागत सुशासन कायम गर्न सबैको साथ सहयोग अपरिहार्य रहेको जिकिर गरे । बोर्डले समयसापेक्ष तथा उच्च स्तरीय उपचार सेवालाई प्राथमिकता दिने उनले प्रतिबद्धता व्यक्त गरे । 

 

साधारण सभामा अस्पतालमा बिशेष योगदान पु¥याउने चिकित्सक, नर्सिङ स्टाफ तथा कर्मचारीहरु सम्मान गरिएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै