Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

किन अवरुद्ध भयो मेरोसेयर ? कहिले खुल्छ ?

नेपालमा सेयरमा लगानी गर्नेको संख्या बढेसँगै मेरोसेयरको सेवा पनि पटक पटक अवरुद्ध हुने गरेको छ । 

 

अत्याधिक चापका कारण मंगलबार साँझ देखि पुन: सेवा अबरुद्ध छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले मेरोसेयर डट सिडिसिएस डट कम डट एनपीमा सूचना राखेर सेवाग्राहीको चाप बढेकाले प्राविधिक समस्या देखा परेको बताएको छ।   

 

'मेरो सेयरमा सेवाग्राहीको चाप बढ्ने क्रमसँगै विभिन्न प्राविधिक समस्याहरू देखा पर्दै आएकोमा सोको समाधानका लागि आकस्मिक रूपमा सर्भरहरू जडान गर्न पर्ने देखिएको र सो सर्भर जडान गरी डाटा माइग्रेसन गर्न केही समय लाग्नेछ,' सुचनामा उल्लेख गरिएको छ । 

 

सूचनामा भनिएको छ, ‘मेरोसेयर सेवा अवरूद्ध हुँदा मिति २०७७/१२/१६ गते कारोबार भई २०७७/१२/१८ गते राफसाफ तथा फर्छ्यौट हुनुपर्ने कारोबारको इडिआइएस प्रविष्टि गर्ने समय २०७७/१२/१८ गते बिहान १० बजेसम्म कायम गरिएको व्यहोरा जानकारी गराइन्छ।'

प्रतिक्रिया

सम्बन्धित समाचार सबै